"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हवाई इन्धन पनि पाइपलाइनबाट, लोथरमा हुनेछ भण्डारण

Table of Content

नेपाल आयल निगम लिमिटेडले अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनका लागि काम अघि बढाएको छ।

निगमले चितवनको राप्ती नगरपालिका–१ लोथरमा परियोजनाको कार्यालय स्थापना गर्दै काम अघि बढाएको जानकारी दिएको हो।

हाल भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालन भइरहेको छ। २०८१ असोज १७ गते नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीच भएको ‘बिटुबी’ सम्झौताअनुसार अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन बिस्तार र भण्डारण गृह सहितको आधुनिक ग्रीनफिल्ड टर्मिनल निर्माण गर्न लागिएको हो।

परियोजनाका प्रमुख रहेका निगमका उप–निर्देशक इन्जिनियर प्रदिपकुमार यादवले अमलेखगञ्जसम्म बिछ्याइएको पाइपलाइनलाई लोथरसम्म बिस्तार गर्ने काम सुरु गर्न सबै प्रकृयाहरु पुरा भएको जानकारी दिए।

‘आधुनिक सुविधा सम्पन्न ग्रीनफिल्ड टर्मिनल निर्माण गर्नका लागि लोथरमा २३ बिघा १२ कट्ठा जमिन प्राप्त भइसकेको छ। बाँकी ३ बिघा जमिन केही दिनमा प्राप्त हुनेछ। यहाँ हामीले कार्यालय स्थापना गरिसकेका छौं,’ उनले भने, ‘केही दिनमा पाइपलाइन बिस्तारको काम सुरु हुन्छ।’

अमलेखगञ्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटर छ। पाइपलाइन पूर्व–पश्चिम राजमार्गसँगै बिच्छ्याइनेछ। १०.७५ इन्च ब्यासको पाइपलाइनबाट २ सय ७३ किलो लिटर प्रतिघण्टाको गतिमा तेलको बहाव हुनेछ। यो पाइपलाइनको वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्नसक्ने क्षमता हुनेछ।

यादवकाअनुसार लोथरमा १ सय ६० वर्गमिटर क्षेत्रफलमा निर्माण हुने भण्डारण गृह अमलेखगञ्जको भन्दा आधुनिक हुनेछ। अमलेखगञ्जमा ५० वर्ष पुरानो डिपोलाई भण्डारण गृहकोरुपमा प्रयोग गरिएकोमा लोथरमा आधुनिक प्रविधिको प्रयोग गरेर स्मार्ट संरचना तयार हुनेछ।

‘पुरानो संरचनालाई उपयोग गरिएकाले अमलेखगञ्जमा सबै काम मेनुअल हुन्छ। यहाँ आधुनिक प्रविधिको प्रयोग गरिन्छ। स्मार्ट सिस्टमको हुन्छ,’ यादवले भने।

लोथरमा देशमै पहिलो पटक हवाई इन्धन पनि पाइपलाइनबाट ल्याइँदैछ। अहिले हवाई इन्धन भारतको बरौनीबाट ट्यांकरमार्फत काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन डिपोमा पुर्‍याइन्छ। यसरी ढुवानी गर्दा १ ट्यांकरकै ढुवानी खर्च १ लाख २० हजार रुपैयाँ हुने यादव बताउँछन्।

‘पाइपलाइनबाट लोथरमा ल्याएर भण्डारण गरिएको हवाई इन्धन यहाँबाट ट्याङ्करमा राखेर काठमाडौं पुर्‍याउँदा करिब ५० हजार रुपैयाँले पुग्छ,’ यादव भन्छन्, ‘नेपालले गर्दै आएको ठूलो खर्च यसले बचाउनेछ।’

निगमले लोथरमा ३ हजार ६ सय किलो लिटर हवाई इन्धनका ३ वटा भण्डारण गृह निर्माण गर्दैछ। हवाई इन्धन डिपो सिनामंगलमा हाल ७ हजार किलो लिटर क्षमता छ। उक्त डिपोका सहायक प्रवन्धक अनुपम पराजुलीले लोथरमा बन्ने भण्डारण गृह उर्जा सुरक्षामा महत्वपूर्ण सावित हुने बताए।

अमलेखगञ्जसम्म पाइपलाइन नल्याउँदा अन्य पेट्रालियम पदार्थको आयातमा पनि खर्च बढी हुन्थ्यो। यादवले बिगतमा २० हजार लिटर पेट्रोल ल्याउँदा एउटा ट्यांकरले ४ सय लिटर तेल खर्च गर्नुपरेको बताए।

लोथरमा पेट्रोलका लागि ११ हजार किलो लिटरका ३ वटा, डिजेलका लागि १५ हजार ५ सय किलोलिटरका ३ वटा र मट्टितेलका लागि ८ सय लिटरका २ वटा भण्डारण गृह बन्नेछन्। साथै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनका लागि ५०/५० किलो लिटर क्षमताको अण्डर ग्राउण्ड ट्यांक पनि निर्माण हुने यादवले बताए।

lother-1754212148.jpg
ग्रीनफिल्ड टर्मिनल निर्माण गर्नका लागि लोथरको जमिन

‘मोतिहारीस्थित डिपोमा रहेको पम्प हाउसबाट पम्पिङ भएपछि अमलेखगञ्जसँग समन्वय गरेर लोथर आइपुग्छ,’ उनले भने, ‘अमलेखगञ्जसम्म आइपुगेको पेट्रोलियम पदार्थलाई पाइपलाइनमा ‘टि जोइन्ट’ बनाएर लोथर ल्याउँछौं।’ अमलेखगञ्जमा कुनै समस्या आइहाल्यो भने यहाँको भण्डारण गृहले ठूलो भूमिका खेल्ने यादवले बताए।

इण्डियन आयल कर्पोरेसनले यो परियोजनाको बिस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ।

उक्त डिपिआरमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणको लागि ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। भण्डारण गृह सहितको आधुनिक ग्रीनफिल्ड टर्मिनलको लागि ९ अर्ब ८० करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

‘सबै काम इण्डियन आयल कर्पोरेसनले गर्नेछ। १० अर्ब रुपैयाँ नेपाल सरकार र बाँकी भारत सरकारको बजेटमा परियोजना निर्माण हुनेछ,’ परियोजना प्रमुख यादवले भने, ‘५ वर्षभित्रमा सम्पन्न गर्ने भनिएको छ। यसलाई ३ वर्षमै सक्ने योजनामा हामी छौं।’

निगमले २३ बिघा १२ कट्ठा जग्गा खरिदमा ६० करोड रुपैयाँ खर्च गरिसकेको छ। बाँकी ३ बिघाको लागि १० करोड रुपैयाँपति खर्च हुने अनुमान निगमको छ।

राप्ती नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सिद्धिलाल स्याङताङले लोथरसम्म पेट्रोलियम पाइपलाइन आइपुग्दा उक्त क्षेत्रमा व्यवसायिक वातावरण बन्ने विश्वास व्यक्त गरे। ‘यसले स्थानीयबासीलाई रोजगारी दिन्छ। उनीहरुको जीवनस्तरमा सुधार ल्याउनेछ भन्ने विश्वास लिएका छौं,’ स्याङताङले भने, ‘यो हाम्रोमात्रै नभएर समग्र देशकै लागि गौरवको योजना हो।’

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन–१ मा एमालेको उम्मेदवार परिवर्तन, पाठकको ठाउँमा लामा

चितवन — नेकपा (एमाले) ले चितवन–१ मा उम्मेदवार परिवर्तन गरेको छ। चितवन जिल्ला अध्यक्ष रहेका कमल पाठकको नाम यसअघि तय भएको थियो। उनको ठाउँमा पार्टीले दावा दोर्जे लामालाई उम्मेदवार बनाउने भएको छ। पाठकले भने, ‘मेरो स्वास्थ्यमा समस्या छ। उपचार गराउनु पर्ने छ। त्यसैले म नउठेर दावा जीलाई उम्मेदवार बनाउने भएका हौं।’ दावा एमालेको बागमती प्रदेश...

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर रेनु दाहाल

नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने। नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै होइन सिंगो देशवासीले विकासको पर्याय भनेर चिन्ने अवस्थामा पुर्‍यायो। यो अवस्था आउनुमा दाहालले खेलेको भूमिका भरतपुरवासीका लागि चिरस्मरणीय रहने छ। त्यसो त साँघुरो राजमार्ग, खाल्डाखुल्डी सहितका धुलाम्य सडकहरू,...

राप्ती नगरपालिकाको हिउँदे नगर सभा : आर्थिक ऐन संसोधन सहित एक विधेयक पारित

राप्ती । चितवनको राप्ती नगरपालिकाले बुधवार हिउँदे अधिवेशनका रुपमा १६औँ नगरसभा सम्पन्न गरेको छ । हिउँदे नगर सभाले आर्थिक ऐन संसोधन सहित एक विधेयक पारित गरेको छ । नगर सभाले आ.व. २०८२/०८३ को आर्थिक ऐन, विनियोजन ऐन, बजेट तथा कार्यक्रम संशोधन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०८२ पारित गरिएको...

चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक

चितवन । चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक गरिएको छ । नारायणगढस्थित एडम्स लाउञ्ज एण्ड बारमा मंगलबार साँझ आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमार्फत नेपालका विभिन्न जातजाति, भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताइएको छ । नेपाल हिमाल, पहाड र तराई गरी विविध भूगोल तथा संस्कृतिले भरिपूर्ण...

चेपाङ बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग

बाग्मती पुस ८, २०८२ रमेशकुमार पौडेल चितवन — पहाडी गाउँ कान्दाको कान्देश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरीका साथै न्यानो लुगा र खाजा सहयोग पाएका छन् । राप्ती नगरपालिका–१३ मा कान्दामा रहेको ८ कक्षासम्म संचालित उक्त विद्यालयमा चेपाङ समुदायका १६५ विद्यार्थी छन् । खैरहनीको फिटजोन पर्साले सहयोग सामग्री जुटाएर आइतबार कान्दामै गएर बालबालिकालाई उपलब्ध गरेको हो । कान्दामा लक्ष्मी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०