"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

Table of Content

काठमाडौँ-  दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ ।

नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ। धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन्। सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ?

पोषणविद्हरु भन्छन्, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन।” चिल्लो, पिरोे कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई नगर्ने उनीहरुको भनाइ छ। 

पोषणविद् राज शाक्यले घरमै पकाइएका खानेकुरा खाँदा स्वास्थ्यमा त्यति धेरै असर नपर्ने बताउँछन्। उनी भन्छन्, “सकेसम्म बाहिरबाट मगाएर नखानु नै राम्रो। पटक पटक प्रयोग गरिएको तेल हुनसक्छ, जुन हानिकारक छ। घरमै पकाएको खाना ठिक्क मात्रामा खाए केही फरक पर्दैन ।”

दसैँमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ। पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ। विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ छ।

पोषणविद् रुजु खड्काका अनुसार एकैचोटि पेटलाई बोझ हुने गरी कहिल्यै पनि खानु हुँदैन। “यसै पनि धेरैजसोले प्रायः सन्तुलित भोजन तथा व्यायाम गरिराखेका हुँदैनन्, त्यसमाथि धेरै खाँदा उल्टो समस्या पार्न सक्छ,” उनले भने, “चिल्लो, पिरो, नुनिलोको मात्रा बढी छ भने पेट अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुनसक्छ ।”

पोषणविद् शाक्यले चाडपर्वमा कुनै पनि परिकार एकैपटक पकाउने र त्यसलाई तताउँदै खाने बानी राम्रो नभएको बताउँछन्। उनी भन्छन्, “विशेषगरी मासु एकैपटक धेरै पकाउने र त्यसलाई तताउँदै खाने चलन छ। त्यो भन्दा पनि खान सकिने जति झिकेर पकाउन सकिन्छ। मासुमा यसै पनि धेरै तेल प्रयोग भएको हुन्छ। पटक पटक तताउँदा हानिकारक तत्वहरु उत्पादन भइरहेका हुन्छन्। पोषक तत्व नष्ट भइरहको हुन्छ।”

पोषणविद् खड्का अरु समयभन्दा दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिन्छन्। उनले भने, “थोरै तेलमा तारेको ठीकै हुन्छ। महत्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ। पानी प्रशस्त पिउनुपर्छ। ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ।”

पोषणविद्हरु चाडपर्वका परिकारले नियमित औषधि खाइरहेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई गाह्रो हुन सक्ने बताउछन्। मधुमेह, उच्च रक्तचाप भएकाले विशेष ध्यान दिनुपर्ने पोषणविद् शाक्यले बताइन्। 

“औषधि समयमै लिनुपर्छ। मधुमेह भएकाले धेरै चिनीजन्य खानेकुरा खानुहुँदैन। व्यायाम पनि उत्तिकै आवश्यक छ। कम्तीमा आधा घण्टा व्यायाम गरेको राम्रो हो,” उनले भने।

पोषणविद् खड्का पनि ज्येष्ठ नागरिकहरुमा पाचन शक्ति कमजोर हुने भएकाले सकेसम्म रातो मासु कम खानुपर्ने बताउँछन्। “रक्तचाप बढ्दा मुटुको समस्या आउन सक्छ। पानी पर्याप्त खाइएन भने मिर्गौलालाई चाप पर्न सक्छ। रक्सी सकेसम्म नखान सल्लाह दिन्छु। भुटेको चनाजस्ता प्रोटिनयुक्त चिज खाए राम्रो हुन्छ”, पोषणविद् खड्काको सल्लाह छ। नेपाल लाइभ अर्काइभबाट

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

राप्तीमा चैत १४ गते देखि भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

राप्ती,चैत १२- पुर्वी चितवनको राप्तीस्थित शिखर सामुदायिक वन उपभोक्ता समूह र रियल गोर्खा युवा क्लबको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता तथा प्रथम चैते दशैं मेला एवं वृहत् सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ। चैत दशैंको अवसर पारेर यहि चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमबारे आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी...

सौराहामा चैत १२, १३ र १४ गते फुड फेस्टिबल हुने

रत्ननगर । सौराहा फुड फेस्टिबलको २०औं संस्करण यही चैत १२, १३ र १४ गते तीन दिनका लागि आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले फेस्टिबलको स्वरुप परिर्वत गरी सौराहाको मुख्य बजारमा फेस्टिबल गर्न लागेको हो । सौराहाको गैंडाचोक देखि पूर्व तर्फ छत्री स्टेट सम्म फेस्टिबल गर्न लागिएको हो । आयोजक रेवान सौराहाले मंगलबार...

सांसदहरूले पहिचान झल्किने पोशाक लगाएर मातृभाषामा शपथ लिन पाउने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही १२ चैतमा गराउने तयारी भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिन्छन् । त्यसपछि उनै ज्येष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउँछन् । शपथ सम्बन्धी ऐन २०७९ शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन र मातृभाषामा शपथ लिन पाउनेछन् । शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक...

राप्ती एकताले बाड्यो ३० वटा चुल्हो

पुर्ण बहादुर मगरचैत्र ३ / भण्डाराराप्ती नगरपालिका वडा नं ६ अन्र्तगत रहेका ३० घरपरिवारलाई विजुलीबाट चल्ने चुलहो वितरण गरिएको छ । मंगलवार चितवन राष्ट्रिय निकुञ्ज खगेन्द्रमल्ली उपभोत्त,ा समुह अन्तृगतको राप्ती एकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो १३ औँ बार्षिक साधरण सभामा विजुलीबाट बल्ने चुल्हो वितरण गरेको हो । कार्यक्रम राप्ती नगरपालिका नगर प्रमुख शमशेर...

राप्ती नगरपालिका का मेयर लामाको कविता चर्चामा, पुराना शक्तिलाई सुध्रन संकेत

चितवनको राप्ती नगरपालिका का मेयर शमशेर लामा ले नयाँ राजनीतिक दलहरूको उदयसँगै पुराना दलहरूले पनि आफूलाई सुधार गर्नुपर्ने सन्देश दिएका छन्। बुधवार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत कविता सार्वजनिक गर्दै मेयर लामाले राजनीतिक परिवर्तनको संकेत देखिएको उल्लेख गरेका हुन्। उनले जनताले अब पुराना वाचा र शैलीप्रति विश्वास घटाउँदै नयाँ विकल्पतर्फ हेर्न थालेको संकेत गर्दै कविता लेखेका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०