"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी

मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी काठमाण्डौ – पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।  नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । कार्यालयले विगतमा दैनिक औसतमा ५ हजार किलोलिटर डिजेल र २ हजार...
Read more

भण्डारा मा.वि.मा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन

चितवन, राप्ती ।आज मिति २०८३/०१/२४ गते भण्डारा माध्यमिक विद्यालयमा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रम भूमिका सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा भूमिका सापकोटा चयन भएकी छन् । त्यसैगरी उपाध्यक्षमा सुप्रिया तामाङ, सचिवमा प्रज्वल कुँवर, सह–सचिवमा विशेष ढकाल तथा कोषाध्यक्षमा कृष्ण पाठक चयन...
Read more

श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी नागरिक पक्राउ

श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी नागरिक पक्राउ श्रीलङ्काको प्रहरीले साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पछिल्लो कारबाहीमा पर्नेहरूमा धेरैजसो चिनियाँ र भियतनामी नागरिक रहेका प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अन्तर्राष्ट्रिय रूपमा अपराधको जालो फैलाई साइबर अपराध गर्दै आएको आपराधिक समूहले अनलाइन क्रिप्टोकरेन्सी...
Read more

पूर्वअर्थमन्त्री कार्कीसहित १३ जना र एउटा कम्पनीविरुद्ध ३ अर्ब ६५ कराेडकाे भ्रष्टाचार मुद्दा

पूर्वअर्थमन्त्री कार्कीसहित १३ जना र एउटा कम्पनीविरुद्ध ३ अर्ब ६५ कराेडकाे भ्रष्टाचार मुद्दा काठमाण्डाै – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वअर्थसचिव शङ्कर अधिकारीसहित १३ जना व्यक्ति र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री कार्कीसहित तत्कालीन सचिवहरू शङ्करप्रसाद अधिकारी र महेश्वर न्यौपानेलाई विपक्षी बनाएको...
Read more

काठमाण्डौका सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार ३१६ जना विस्थापित

काठमाण्डौका सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार ३१६ जना विस्थापित काठमाण्डाै – सरकारले काठमाण्डाैका १९ वटा सुकुम्वासी बस्ती खाली गर्दा १५ हजार ३ सय १६ जना विस्थापित भएका छन् । विस्थापित हुनेहरूमा ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ जना बालिका छन् । सङ्घीय सरकारले पालिकासँगको...
Read more

नवयुवा रोजगारी माग्न आउँछन्, आश्वासनबाहेक केही दिन सकेनौँ : मन्त्री यादव

नवयुवा रोजगारी माग्न आउँछन्, आश्वासनबाहेक केही दिन सकेनौँ : मन्त्री यादव काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले नवयुवालाई सरकारले रोजगारी दिन नसकेको बताउनुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजकाे बैठकमा उहाँले नवयुवा आन्दोलनमा घाइते भएका युवाहरू रोजगारीको माग लिएर मन्त्रालयमा लगातार आउने गरेको भए पनि आश्वासन दिएर...
Read more

नेपालमा टियर फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने बिचुटेनको घोषणा

नेपालमा टियर फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने बिचुटेनको घोषणा काठमाण्डाै – बिचुटेन डेटा भोल्टले नेपालमा टियर–फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्‍याउने र डेटा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ यो परियोजना अघि सारिएको हो । नेपाललाई दक्षिण एशियाकै एक विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले...
Read more

आतङ्कवादविरुद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहन्छ : माेदी

आतङ्कवादविरुद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहन्छ : माेदी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचनाविरुद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताउनुभएको छ । भारत र पाकिस्तानबीच गएको वर्ष भएको सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा मोदीले भारत आफ्नो सुरक्षासम्बन्धी नीतिमा ‘पहिलेजस्तै अडिग’ रहेको भन्दै पहलगाम आक्रमणका...
Read more

भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य घोषणा गर्नुपर्ने व्यवस्थाबाट सरकार पछि हट्याे

भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य घोषणा गर्नुपर्ने व्यवस्थाबाट सरकार पछि हट्याे काठमाण्डाै – विदेशबाट आयात हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य लगाउनुपर्ने व्यवस्था कार्यान्वयनबाट सरकार पछि हटेको छ । उद्योगी–व्यापारीको चर्को असन्तुष्टिका कारण सरकार पछि हटेसँगै देशका प्रमुख व्यापारिक नाकामा सिर्जना भएको गतिरोध तत्कालका लागि अन्त्य भएको छ । एमआरपी विवादका कारण रोकिएको...
Read more

चितवन निकुञ्जमा फेरियो नेतृत्व, पुर्जालाई जिम्मेवारी

चितवन राष्ट्रिय निकुञ्जको वरिष्ठ संरक्षण अधिकृतमा डिलबहादुर पुर्जा पुनः फर्किने भएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तलाई वन तथा वातावरण मन्त्रालयले विभागमा सरुवा गरेपछि पुर्जालाई उक्त जिम्मेवारी दिइएको हो । यसअघि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतका रूपमा काम गरिसकेका पुर्जा पछिल्लो १५ महिनादेखि शिवपुरी राष्ट्रिय निकुञ्जमा कार्यरत थिए...
Read more
1 … 48 49 50 51 52 … 76

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०