"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा चर्को विरोध

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा चर्को विरोध काठमाण्डाै – राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजाे प्रतिनिधिसभाको बैठकमा दिनुभएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को आलोचना गर्दै आपत्ति जनाएका छन् । आजकाे बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्ति देशको सार्वभौमिकता विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन् । नेपाली कांग्रेसका...
Read more

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही

काठमाडाैं- ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही ले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन्। सोमबार संसद्मा बोल्दै उनले प्रमाणबिना गरिएको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्याल सँग आग्रह गरे। शाहीले प्रधानमन्त्रीले उठाएको विषय सामान्य टिप्पणी नभई गम्भीर राष्ट्रिय सरोकारको विषय भएकाले तथ्यका आधारमा मात्रै बोल्नुपर्ने बताएका...
Read more

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि रणनीति बनाउन कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आह्वान

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि रणनीति बनाउन कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिमाथि रणनीति बनाउन कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आह्वानकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको आकस्मिक बैठक बोलाएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक डाकिएको हो। बैठकमा...
Read more

दोस्रो विश्वयुद्धकालीन बम पपुवामा विस्फोट, ५ को मृत्यु

इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा रहेको एक माछा मार्ने गाउँमा आइतबार भएको शक्तिशाली विस्फोटबाट कम्तीमा पाँच जनाको ज्यान गएको छ भने करिब २० जना घाइते भएका छन् । प्रहरीले यो विस्फोट दोस्रो विश्वयुद्धकालीन बाँकी रहेको बम वा मोर्टारका कारण भएको हुनसक्ने आशङ्का गरेको छ । स्थानीय समयानुसार आइतबार दिउँसो भएको विस्फोटले गाउँभर ठूलो त्रास फैलाएको थियो...
Read more

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा), जेठ १८- चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी...
Read more

उजाड टुँडिखेललाई हराभरा बनाउने अभियान : सुरु भयो दुबो रोप्ने काम

काठमाडौँ। राजधानीको मुटुमा रहेको ऐतिहासिक तथा खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ विशेष अभियान सुरु गरिएको छ।  ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत टुँडिखेलको खुला मैदानमा दुबो रोप्ने कामको औपचारिक सुरुवात गरिएको हो। काठमाडौँ महानगरपालिका, नेपाली सेना तथा अन्य सम्बन्धित निकायहरूको आपसी समन्वय र सहकार्यमा टुँडिखेलको खुला क्षेत्रमा दुबो रोप्न थालिएको...
Read more

ट्याटुको आधारमा पहिचान खुल्यो बोराभित्र फेला परेको शवको

काठमाडौँ । झापाको गौरादह नगरपालिका र दमकको सिमानास्थित रतुवा खोलाको पुलमुनि केही दिन अघि बोरामा प्याक गरिएको अवस्थामा फेला परेको युवतीको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक युवती दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो। प्रहरीले शवको पहिचान खुलाउन मृतकको बाँया हातमा रहेको ट्याटुको...
Read more

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने काठमाण्डौ — साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा हिजो भएको समूह ‘बी’को अन्तिम खेलमा घरेलु टोली भारतले बङ्गलादेशलाई ३–० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पूरा भएको हो । अब सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ...
Read more

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै काठमाण्डाै – प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ । यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो । बैठकमा प्रतिनिधिसभा...
Read more

नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्री बालेनको भनाइपछि के–के लेखे भारतीय मिडियाले ?

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले नेपालभित्र मात्र होइन, भारतका प्रमुख सञ्चारमाध्यमहरूमा समेत व्यापक चर्चा पाएको छ। विशेषगरी नेपाल–भारत सीमा विवादबारे बोल्ने क्रममा उनले “भारतले नेपाली भूमि अतिक्रमण गरेको मात्र होइन, नेपालले पनि केही भारतीय भूभाग अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको” बताएपछि भारतीय सञ्चारमाध्यमहरूले त्यसलाई मुख्य समाचारका रूपमा प्रस्तुत गरेका छन्।...
Read more
1 … 13 14 15 16 17 … 65

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०