"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

विद्यार्थी र कर्मचारी संगठन दलका ‘स्लिपर सेल’ बने– प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले विद्यार्थी र कर्मचारी संघ–संघटन ‘स्लिपर सेल’ बनेको टिप्पणी गरेका छन्। अध्यादेशमार्फत् दलगत कर्मचारी संगठन र विश्वविद्यालयबाट विद्यार्थी संघ–संगठन हटाउने निर्णयको प्रतिरक्षा गर्दै ती संस्थाहरू दलको छत्रछायामा हुर्किएको र अदृश्यरूपमा तिनैलाई सहयोग गर्नेजस्तो देखिएको भन्दै स्लिपर सेलको टिप्पणी गरेका हुन्।  जसको शाब्दिक अर्थ गुप्त रहेर अमुक व्यक्ति वा संस्थालाई काम गर्ने ‘लडाकू’ भन्ने हुन्छ।...
Read more

डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’

काठमाडौँ — नेपाल प्रहरीले बस्ती हटाउन राति आएर माइकिङ गर्दै गर्दा थापाथलीस्थित बागमती किनारमा बस्ने गोपाल रनपहेलीको मनमा एउटै आश थियो- ‘अदालतमा मुद्दा छ घर भत्किँदैन होला ।’ तर, जबसम्म सर्वोच्च अदालतले फाइल पल्टाएर ‘कारण देखाऊ’ आदेश जारी गर्‍यो, त्यतिबेलासम्म गोपालको ओत लाग्ने टहरो माटोमा मिलिसकेको थियो ।  ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनुसरह हो’ भन्ने उखान थापाथलीको...
Read more

ओमानसँगको खेलमा टस जितेको नेपालले पहिला ब्याटिङ थाल्यो

ओमानसँगको खेलमा टस जितेको नेपालले पहिला ब्याटिङ थाल्यो काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले टस जितेको छ ।  त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । खेल भर्खरै शुरु भएको छ । घरेलु मैदानमा भइरहेको शृङ्खला अन्तर्गत नेपाल ओमानसँगको अघिल्लो खेलमा पराजित भएको थियो । ...
Read more

कलाकारलाई लाग्यो चुनाव : फुसर्दिला र पाका कलाकार उम्मेदवार

काठमाडौँ । अचेल सामाजिक सञ्जालमा कलाकारहरूका उम्मेदवारी घोषणासम्बन्धी पोस्टहरूको बाढी छ । देशमा कुनै आम निर्वाचन नजिकिएर यो चहलपहल बढेको भने होइन, यो तयारी त नेपाल चलचित्र कलाकार संघको २०औँ महाधिवेशनको तयारी हो । आगामी जेठ ३ गते हुने महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । पर्दाका नायक, नायिका, सह–कलाकारदेखि खलपात्रसम्म चुनावी मैदानमा उत्रिएका छन्...
Read more

सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुधबार बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्सले जेठ ६ गते, बुधबार, नेपाल पुलिस क्लब, प्रदर्शनीमार्ग, काठमाडौँमा...
Read more

रुपन्देही क्षेत्रका उद्योग व्यवसायहरू चलायमान

काठमाडौँ । नेपाल सरकारले सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यमा कडाइ गरेपछि रुपन्देही क्षेत्रका उद्योग–व्यवसायहरू चलायमान बन्न थालेका छन् । घरायसी प्रयोजनका नाममा भारतबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम लागू भएपछि सुनौली नाका क्षेत्रका नेपाली व्यापारीहरूले खुसी व्यक्त गरेका छन् ।  यसअघि स्थानीय नागरिकहरू सानोतिनो किनमेलका...
Read more

साताको दुई दिन बिदा स्थायी रुपमै लागू गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले हप्ताको दुई दिन बिदालाई स्थायी रुपमै कार्यान्वयनको तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले केही समयका लागि परीक्षण गरेको हप्तामा दुई दिन बिदालाई स्थायी रुपमा लैजाने तयारी भइरहेको बताएका हुन् । सोमबार मन्त्रालयमा आयोजित उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँगको छलपलमा उनले भने, ‘अब स्थायी रूपमै...
Read more

सरकारले राष्ट्रपतिलाई भन्यो – अध्यादेशमा संवैधानिक परिषदमा मत बराबर हुँदा प्रधानमन्त्रीपक्षको बहुमत भएको मानिने व्यवस्था गरेका हौँ

सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न सिफारिस गरेको छ। राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले कुल संख्याको बहुमतलाई प्रतिनिधित्व गरेको नदेखिएको भन्दै अध्यादेश फिर्ता गरिदिएका थिए। साथै यसअघि आफूले संसदबाट पारित विधेयक पुनर्विचारका लागि फिर्ता पठाएको र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सिफारिस गरेको विधेयक पनि जारी गरेको नजिर अघि...
Read more

भाजपाको पोल्टामा पश्चिम बंगाल, कस्तो देखिँदैछ चुनावी नतिजा ?

काठमाडौं । पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनको मत गणना जारी छ । हालसम्मको रुझान हेर्दा  भारतीय जनता पार्टी (भाजपा) जितको नजिक पुगेको देखिएको छ । भाजपाले जितको खुसीयालीको तयारी पनि सुरु गरिसकेको छ । सन् २०११ देखि निरन्तर सत्तामा रहेकी ममता बनर्जी नेतृत्वको सर्वभारतीय तृणमूल कांग्रेस (टीएमसी)लाई पराजितलाई पछि पार्दै भाजपाले पहिलो पटक पश्चिम बंगालमा...
Read more

होर्मुजमा इरानका ७ वटा डुंगामाथि अमेरिकाको हमला

होर्मुजमा इरानका ७ वटा डुंगामाथि अमेरिकाको हमला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा ‘फास्ट बोट’ भनिने डुंगाहरूमा आक्रमण गरेको बताएका छन् । प्राय: बन्दजस्तै बनेको जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले इरानका डुंगाहरूमाथि आक्रमण गरेको जनाएको हो ।  अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत इरानी बोटहरुमा...
Read more
1 … 50 51 52 53 54 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०