"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै काठमाण्डौ – आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस भव्य रूपमा मनाइँदैछ ।  सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस...
Read more

गणतन्त्र दिवस राष्ट्र निर्माणको महान प्रेरणा : राष्ट्रपति पौडेल

काठमाडौँ, जेठ १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो राष्ट्र निर्माणका लागि महान प्रेरणा तथा अभिभारा भएको बताउनुभएको छ । १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको उल्लेख...
Read more

आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना काठमाण्डौ – आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागसहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । हिजो बेलुकीदेखि नै देशका धेरै...
Read more

साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँगै भारत सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँगै भारत सेमिफाइनलमा काठमाण्डौ – साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ बाट साबिक विजेता बंगलादेशसँगै भारत सेमिफाइनलमा प्रवेश गरेका छन् । हिजो सम्पन्न खेलमा बंगलादेशले मालदिभ्सलाई ४–२ ले पराजित गर्दै लगातार दोस्रो जीतसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यससँगै मालदिभ्स लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ...
Read more

सुशासनलाई प्राथमिकता राख्दै २० खर्बभन्दा माथिको बजेट ल्याउने तयारी

सुशासनलाई प्राथमिकता राख्दै २० खर्बभन्दा माथिको बजेट ल्याउने तयारी काठमाण्डौ – सरकारले आज आउँदो आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।  सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासन, आर्थिक पुनः संरचना तथा समृद्धि, एकीकृत...
Read more

आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने

आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने काठमाण्डौ – नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ ।  जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २४० वर्षदेखि कायम रहेको...
Read more

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

काठमाडौं । उजुरी मागेको दुई सातामै सार्वजनिक पदाधिकारीविरुद्ध सम्पत्ति छानबिन आयोगमा २५० भन्दा बढी उजुरी परेका छन् । गएको वैशाख ३१ गते आयोगले भ्रष्टाचार वा अरू अपराध गरेर सम्पत्ति आर्जन गरेका सार्वजनिक पदाधिकारीविरुद्ध उजुरी आह्वानको सूचना निकालेको थियो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा सम्पत्ति छानबिन आयोग गठन...
Read more

अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबीपछि बढ्यो कच्चा तेलको मूल्य

एजेन्सी । इरानमा भएको नयाँ अमेरिकी आक्रमणले हर्मुज जलयोजक मार्फत हुने व्यावसायिक ढुवानीमा अवरोध आउन सक्ने डर फेरि बढाएपछि बिहीबार तेलको मूल्य बढेको छ । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३ प्रतिशत भन्दा बढीले बढेर प्रति ब्यारल ९७.२९ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट क्रुडको मूल्य ३.४२ प्रतिशतले बढेर प्रति ब्यारल ९१.७१ डलर...
Read more

होर्मुज जलमार्गमा नियमन गर्ने इरानी संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

काठमाडौं । अमेरिकी सरकारले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’माथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त संस्था ‘स्ट्रेट अफ होर्मुज’बाट जहाजहरूको आवतजावत नियन्त्रण गर्ने इरानी योजनाको नेतृत्व गरिरहेको जनाइएको छ । साथै, अन्तर्राष्ट्रिय कानुन र अमेरिकी प्रतिबन्धहरूको उल्लंघनमा संलग्न रहेको आरोप लगाइएको छ । ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत...
Read more

कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे

कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे काठमाण्डाै – पोखराको पृथ्वीचोकमा नेपाली कांग्रेस र नेकपा एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवन पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काएको छ । पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा कांग्रेस र एमालेले भ्रातृ संस्थाका नाममा भवन बनाएर २० वर्षभन्दा धेरै समयदेखि भाडामा लगाउँदै आएका...
Read more
1 … 24 25 26 27 28 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०