"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रास्वपाका सांसद राजेश कुमार चौधरीको अडियो भाइरल: ‘आउँदो निर्वाचनमा क्षेत्र नम्बर १ का ४१ वटै वार्डमा घण्टीको हार हुने’ दाबी

Table of Content

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राजेश कुमार चौधरीको भनिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। अडियोमा पार्टीको कार्यशैली र संगठनात्मक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै आगामी निर्वाचनमा क्षेत्रका ४१ वटै वडामा पार्टी पराजित हुन सक्ने दाबी गरिएको सुनिन्छ।

भाइरल अडियोमा पार्टीको वर्तमान कार्यशैली नसुध्रिए रौतहट क्षेत्र नम्बर १ का कुनै पनि वडामा रास्वपाले जित हासिल गर्न नसक्ने आशय व्यक्त गरिएको छ। अडियोमा पार्टीको संगठनात्मक अवस्था कमजोर हुन सक्ने भन्दै नेतृत्वको कार्यशैलीप्रति प्रश्नसमेत उठाइएको छ।

‘४१ वटै वडामा जित्न सकिँदैन’

अडियोमा भनिएको छ, “आउने समयमा १ नम्बर क्षेत्रका ४१ वटा वार्डमध्ये एउटा वार्डमा पनि नजित्ने गरी माइन्ड मेकअप गरेर राख। पार्टीको जुन रवैया छ, यसले ४१ मा एउटा वार्ड पनि जित्न सकिँदैन।”

अडियोमा आगामी निर्वाचन आउन करिब १० महिना बाँकी रहेको उल्लेख गर्दै पार्टीको अवस्था नसुध्रिए चुनावका बेला स्थानीय मतदातामाझ जानसमेत कठिन हुन सक्ने आशय व्यक्त गरिएको छ।

त्यस्तै, पार्टीको चुनाव चिह्न ‘घण्टी’ कै आधारमा मात्रै निर्वाचन जित्न सकिन्छ कि सकिँदैन भन्ने विषय आगामी १० महिनाभित्र स्पष्ट हुने भनाइ पनि अडियोमा सुनिन्छ।

अडियोमा भनिएको छ

 “धेरै दिन बाँकी छैन, अब १० मिनेटको समय छ। चुनावको समय आएपछि रौतहटको मान्छेहरूलाई अनुहार देखाउन पनि गाह्रो हुन्छ। म त फेरि आफ्नै नामबाट चुनाव लड्छु भन्ने आशा पनि गरेको छैन, र त्यो परिस्थिति नहोस्। यदि तिमीहरू सन्तुष्ट छौ भने आशा गर, तर चुनाव लडेपछि सङ्गठन पूरै सफा हुन्छ, धेरै समय लाग्दैन।”

अडियोको आधिकारिकता पुष्टि हुन बाँकी

आफ्नै पार्टीका सांसदको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाको स्थानीय संगठन र नेतृत्वको कार्यशैलीबारे विभिन्न प्रश्न उठेका छन्। यद्यपि, अडियोको आधिकारिकता स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

यस विषयमा सांसद राजेश कुमार चौधरी वा राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको जानकारी उपलब्ध छैन। अडियोको वास्तविकता, सन्दर्भ र अभिव्यक्तिको आधिकारिकताबारे सम्बन्धित पक्षको प्रतिक्रिया आएपछि थप स्पष्ट हुनेछ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

युग कल्याण सहकारीद्वारा भावी नेतृत्व विकास तालिम सम्पन्न

चितवन । युग कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राप्ती नगरपालिका–४, शिवपुर, चितवनको आयोजनामा भावी नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, सहकारीको भावी नेतृत्व विकास गर्ने तथा संस्थाको आगामी निर्वाचनमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। कार्यक्रममा संस्थाका ३५ जना...

नारायणी नदीकिनारको दीर्घकालीन व्यवस्थापनबारे अन्तर्क्रिया

भरतपुर । हालैको बाढीपहिरोले नारायणी नदीकिनार क्षेत्रमा पुर्‍याएको क्षति, तटीय क्षेत्रको कटान नियन्त्रण तथा दीर्घकालीन पुनर्निर्माण र सौन्दर्यीकरणका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको छ । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बाढीका कारण नदीकिनारको क्षति मूल्याङ्कन, कटान रोक्ने स्थायी संरचना निर्माण र दीर्घकालीन नदीकिनार व्यवस्थापनका विषयमा गहन मन्थनसहित भावी रणनीतिबारे चर्चा...

राष्ट्रपति पाैडेलद्वारा २ वटा अध्यादेश जारी

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्योदश २०८३ जारी गर्नुभएको हो । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो ।...

रास्वपाका सांसद राजेश कुमार चौधरीको अडियो भाइरल: ‘आउँदो निर्वाचनमा क्षेत्र नम्बर १ का ४१ वटै वार्डमा घण्टीको हार हुने’ दाबी

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राजेश कुमार चौधरीको भनिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। अडियोमा पार्टीको कार्यशैली र संगठनात्मक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै आगामी निर्वाचनमा क्षेत्रका ४१ वटै वडामा पार्टी पराजित हुन सक्ने दाबी गरिएको सुनिन्छ। भाइरल अडियोमा पार्टीको वर्तमान कार्यशैली नसुध्रिए रौतहट क्षेत्र...

विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन : सङ्घीयता र विकासका साझेदारीबारे छलफल हुने

काठमाण्डौ – कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन–२०८३ आजदेखि विराटनगरमा शुरु हुँदैछ । सातै प्रदेशका मुख्यमन्त्री सहभागी रहने दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ । साथै स्थानीय उद्योगी–व्यवसायीसँग उत्पादन तथा निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया हुनेछ । सम्मेलनको दोस्रो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०