"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

विपन्नलाई घर बनाउन ७५ हजार रुपैयाँ अनुदान दिने गरी कानुन बन्दै

काठमाण्डौ – अतिविपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम ७५ हजार रुपैयाँ सरकारी अनुदान पाउने गरी कानुन बनाइँदै छ । पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक (दोस्रो) संशोधन, २०८३ अस्ति शुक्रबार संसद्मा दर्ता गराएको छ । जसमा संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ । सम्बन्धित पालिकाले अतिविपन्न भनेर सिफारिस गरेका परिवारले यो सुविधा...
Read more

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । देशभर तथा प्रवासबाट आएका ७ हजार ५ सयभन्दा धेरै महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ । काठमाण्डौको खुलामञ्चमा आज दिउँसो २ बजे उद्घाटन हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्यसमिति चयन गर्नेछ । प्रतिनिधिको आवास व्यवस्थापन काठमाण्डौका विभिन्न...
Read more

स्टार स्पोर्ट्स युवा क्लब माडी चितवनलाई हराउँदै सिमरा भेट्रानको विजयी सुरुवा

सिमरा: जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी भएको छ । सिमरा रंगशालामा शनिबार राती सम्पन्न खेलमा आयोजकले स्टार स्पोर्ट्स युवा क्लब माडी चितवनलाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलमा आयोजक टोलीका लागि कल्पना जिम्बाले दुई गोल गरिन् भने रिया श्रेष्ठले एक गोल थपिन् । पराजित टोली...
Read more

जितिया पर्वको निराहार व्रत समापन

काठमाण्डौ – सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ । तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ (दर) खाएर महिलाले व्रत शुरु गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् ।...
Read more

कांग्रेसको १५औँ महाधिवेशन : नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन समारोह खुलामञ्चमा दिउँसो २ बजे हुनेछ । महाधिवेशनका लागि देशभरबाट ७ हजार भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । महाधिवेशनमा विदेशी प्रतिनिधिहरुलाई पनि आमन्त्रण गरिएको छ । उद्घाटन समारोहपछि महाधिवेशनको बन्दसत्र...
Read more

चितवनमा ई–स्पोर्ट्सको नयाँ कार्यसमितिः सुशिल कार्कीको नेतृत्वमा जिल्ला समिति गठन

भरतपुर, असोज १७ – परम्परागत खेलकुदसँगै प्रविधिमा आधारित खेलको सम्भावना पनि विस्तार हुँदै गएको बेला चितवनमा ई–स्पोर्ट्स संघ जिल्ला समिति गठन भएको छ। भरतपुर कभर्डहलमा शनिबार आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति गठन गरिएको हो। नवगठित समितिको अध्यक्षमा सुशिल कार्की चयन भएका छन्। उपाध्यक्षमा आशिष सुबेदी र...
Read more

चितवनमा विद्युतीय सवारी सम्बन्धी सचेतना कार्यक्रम, धेरैजसो इभी सवारी दुर्घटना मानविय कारण

चितवन, असोज १७– चितवनमा विद्युतीय सवारी साधान सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । चितवन अटोमोबाइल डिलर एशोसियशन (काडा)ले आज (शनिबार) व्यवसायी तथा सेवाग्राहीलाई विद्युती गाडी प्रयोग सम्बन्धी जानकारी दिएको हो । पछिल्लो समय विद्युतीय सवारी साधनमा नकरात्मक हल्ला फैलिएपछि व्यवसायी तथा सेवाग्राहीलाई यसको गुणस्तर तथा विशेषताको विषयमा जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले...
Read more

दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

काठमाण्डाै – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाण्डाैतर्फ गुडिरहेको बस बिहान विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्नेमा रहेको एसमोडमा पल्टिएको थियो । दुर्घटनामा परेर बसका चालक बाँकेको खजुरा गाउँपालिका–२ का सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का दीपेन्द्र...
Read more

बेनी–जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

काठमाण्डाै – गएकाे हप्ताकाे वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी पहिरोले मालढुङ्गाबाट घाँसासम्म झन्डै ५० किलोमिटर दूरीमा ४६ भन्दा धेरै ठाउँमा सडक अवरुद्ध भएको थियो । मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग...
Read more

कांग्रेस महाधिवेशन : देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने

काठमाण्डाै – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । महाधिवेशनस्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो । चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यस पटक पूर्वसभापति शेरबहादुर देउवामार्फत गराउने प्रयास गरिएको छ । तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन...
Read more
1 … 9 10 11 12 13 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०