"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७०० मेगावाट पुग्ने, कसरी व्यवस्थापन गर्दैछ प्राधिकरण ?

Table of Content

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका बेला आज साँझ विद्युत्को अधिकतम माग (पिक डिमान्ड) करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ।

लक्ष्मीपूजामा मुलुकभर सबैभन्दा बढी विद्युत्को माग हुने गरेको छ। उक्त मागअनुसार विद्युत् लोड व्यवस्थापन गरी उपभोक्तालाई भरपर्दो र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणले विशेष तयारी गरेको छ।

प्राधिकरणले उक्त माग आन्तरिक उत्पादनबाटै सहज रूपमा व्यवस्थापन गर्ने जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको समयमा प्रणालीमा करिब २ हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ।

कुल मागभन्दा आन्तरिक उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति सहज हुने र माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त रहने उनले स्पष्ट पारे। 

कसरी हुँदैछ व्यवस्थापन ?

विद्युत्को माग र आपूर्तिलाई सन्तुलित राख्न तथा कुनै पनि प्राविधिक समस्या आउन नदिन प्राधिकरणले विशेष व्यवस्थापन गरेको जनाएको छ। प्राधिकरणका अनुसार २४ सै घण्टा प्राविधिक टोली परिचालन गरिएको छ।

उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै कुनै समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ।

त्यसैगरी, उच्चस्तरीय समन्वय र अनुगमन भइरहेको प्राधिकरणले जनाएको छ। कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको छ।

साथै, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा प्रादेशिक कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठक गरी जनशक्ति परिचालन र प्रणालीको निगरानीमा समन्वय गरिएको छ।

आज साँझ ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कार्यकारी निर्देशक श्रेष्ठ स्वयं केन्द्रीय कमान्ड सेन्टरमा बसेर विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिने तयारी छ।

मर्मतसम्भारलाई पनि प्राधिकरणले तीव्रता दिएको जनाएको छ। प्राधिकरणका अनुसार प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका काम तत्काल सम्पन्न गर्न निर्देशन दिइएको छ।

प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध भएमा तत्काल गुनासो सुनुवाइ गर्ने व्यवस्था मिलाएको छ। उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउन र प्रभावकारी व्यवस्थापन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।

पर्व अवधिभर विद्युत्को माग तथा आपूर्तिको अवस्थाको नियमित अनुगमन गर्न एलडीसी, ग्रिड र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय रहने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले पर्वको समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न आम उपभोक्तालाई विशेष आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न सुझाइएको छ।

त्यसैगरी, विद्युत् चुहावट वा तारमा कुनै समस्या देखिएमा जोखिम मोलेर आफैँ मर्मत नगर्न र दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ।

विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा तत्काल नजिकैको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?: कांग्रेस महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्न लागिएको भन्ने चर्चाबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको विषयमा प्रश्न उठाएका हुन्। उनले उक्त...

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७०० मेगावाट पुग्ने, कसरी व्यवस्थापन गर्दैछ प्राधिकरण ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका बेला आज साँझ विद्युत्को अधिकतम माग (पिक डिमान्ड) करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। लक्ष्मीपूजामा मुलुकभर सबैभन्दा बढी विद्युत्को माग हुने गरेको छ। उक्त मागअनुसार विद्युत् लोड व्यवस्थापन गरी उपभोक्तालाई भरपर्दो र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणले विशेष तयारी गरेको छ। प्राधिकरणले उक्त माग...

दरबारमार्गको लाउन्ज बारमा लागेको आगो चार घण्टापछि निभाइयो

काठमाण्डौ- काठमाण्डौको दरबारमार्गमा रहेको लिक्विड लाउन्ज बारमा आज बिहान लागेको आगो झण्डै ४ घण्टापछि निभाइएको छ । महेन्द्र शालिक नजिकै रहेको लाउन्ज बारमा बिहान पौने ९ बजेतिर आगलागी भएको हो । आगलागीको सूचना पाएपछि शुरुमा दुईवटा दमकल परिचालन गरिए पनि पछि दमकलको सङ्ख्या बढाएर पाँच पुर्‍याइएको थियो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा...

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३ स्वीकृत

काठमाण्डाै –  सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले सरकारी पूर्वाधार निर्माणदेखि उद्योग, कलकारखाना, परामर्श, सूचना प्रविधि तथा अन्य सार्वजनिक खरिदमा आबद्ध श्रमिकको उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्दै बिचौलियाबाट हुने ठगी, श्रम शोषण र दुर्घटनामा...

काठमाण्डौ महानगरले प्लास्टिकका ३३६ थान माला र १४० पुष्पगुच्छा जफत गर्‍याे

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले प्लास्टिकजन्य ३३६ थान माला र १४० पुष्पगुच्छा जफत गरेको छ । महानगर प्रहरी बलले यसअघि बिक्रीमा रोक लगाएको सूचना विपरित कारोबार गर्ने व्यापारीबाट प्लास्टिकजन्य ३३६ वटा माला र १४० पुष्पगुच्छा जफत गरेको हो । महानगर प्रहरी बलकाअनुसार चाबहिल, मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क र धुम्बाराहीलगायत क्षेत्रबाट ती प्लास्टिकजन्य माला...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०