"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सेवा, संवेदना र स्वास्थ्य सचेतना

गाउँको माटोमा जन्मिएको उपचारको कथा – शुकरात पौडेल, चितवन नेपालको पश्चिम सुर्खेत जिल्ला, पञ्चपुरी नगरपालिका अन्तर्गत पर्ने बाबियाचौरमा Midpoint Health Care Research and Diagnostic Center सञ्चालन गर्ने क्रममा मैले गाउँको स्वास्थ्य यथार्थलाई नजिकबाट बुझ्ने अवसर पाएँ। त्यहाँ धेरै बिरामीहरू सामान्य समस्या लिएर आउँथे — जस्तै उच्च रक्तचाप। “प्रेसर बढ्दा लौका–करेला खानु राम्रो” भन्ने जनविश्वासमा भर...
Read more

राप्तिमा एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

माघ १५ गते । नेकपा एमाले चितवन क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नगर स्तरमा सम्पर्क कार्यालय खोल्ने क्रममा राप्ती नगरपालिकामा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष राजकुमार कडेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाको प्रमुख आतिथ्यता,एमाले...
Read more

राप्तीमा महिला बेचबिखन र हिंसा विरुद्ध सामूहिक प्रतिवद्धता

थ्रि एन्जल्स नेपालको वार्षिक समिक्षामा जनप्रतिनिधि, विद्यालय र सुरक्षा निकायको एकता राप्ती नगरपालिका भित्र महिला बेचबिखन तथा महिला हिंसा विरुद्ध साझा प्रतिवद्धतासहित अघि बढ्ने अठोट स्थानीय जनप्रतिनिधिहरुले व्यक्त गरेका छन्। महिला बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले महिलाको सुरक्षा, संरक्षण र सशक्तिकरणका लागि संस्थागत...
Read more

नेतृत्वले कार्यकर्ता जोड्ने ऊर्जा दिने हो, मनोबल गिराउने होइनः सुरेन्द्र पाण्डे

काठमाडौं- निर्वाचनको सरगर्मी उत्कर्षमा पुगेका बेला नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक एकता र नेतृत्वको कार्यशैलीप्रति गम्भीर टिप्पणी गरेका छन्। पछिल्ला केही समययता एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्तिहरूलाई लक्षित गर्दै उनले नेतृत्वका भनाइ र अभिव्यक्तिका कारण पार्टीलाई क्षति हुने बताएका हुन्। ओलीका ‘धनुषा, महोत्तरी जस्तो झापाको दमक होइन, यो नगर...
Read more

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

राप्ती,माघ ८- पुर्वी चितवनको राप्ती-५,भण्डारास्थित श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ । बुधबार भएको सो वन समूहको २०औं वार्षिक साधारणसभाले सन्देश घलानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सो समितिका अन्य पदाधिकारी भने यथावत रहने भएका छन। जस अन्तर्गत,हाल सो वन समुहको उपाध्यक्षमा आइतिमाया तामाङ,कोषाध्यक्षमा शान्ति कुँवर थापा,सह- सचीवमा...
Read more

चितवन–१ मा एमालेको उम्मेदवार परिवर्तन, पाठकको ठाउँमा लामा

चितवन — नेकपा (एमाले) ले चितवन–१ मा उम्मेदवार परिवर्तन गरेको छ। चितवन जिल्ला अध्यक्ष रहेका कमल पाठकको नाम यसअघि तय भएको थियो। उनको ठाउँमा पार्टीले दावा दोर्जे लामालाई उम्मेदवार बनाउने भएको छ। पाठकले भने, ‘मेरो स्वास्थ्यमा समस्या छ। उपचार गराउनु पर्ने छ। त्यसैले म नउठेर दावा जीलाई उम्मेदवार बनाउने भएका हौं।’ दावा एमालेको बागमती प्रदेश...
Read more

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर रेनु दाहाल

नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने। नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै होइन सिंगो देशवासीले विकासको पर्याय भनेर चिन्ने अवस्थामा पुर्‍यायो। यो अवस्था आउनुमा दाहालले खेलेको भूमिका भरतपुरवासीका लागि चिरस्मरणीय रहने छ। त्यसो त साँघुरो राजमार्ग, खाल्डाखुल्डी सहितका धुलाम्य सडकहरू,...
Read more

राप्ती नगरपालिकाको हिउँदे नगर सभा : आर्थिक ऐन संसोधन सहित एक विधेयक पारित

राप्ती । चितवनको राप्ती नगरपालिकाले बुधवार हिउँदे अधिवेशनका रुपमा १६औँ नगरसभा सम्पन्न गरेको छ । हिउँदे नगर सभाले आर्थिक ऐन संसोधन सहित एक विधेयक पारित गरेको छ । नगर सभाले आ.व. २०८२/०८३ को आर्थिक ऐन, विनियोजन ऐन, बजेट तथा कार्यक्रम संशोधन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०८२ पारित गरिएको...
Read more

चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक

चितवन । चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक गरिएको छ । नारायणगढस्थित एडम्स लाउञ्ज एण्ड बारमा मंगलबार साँझ आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमार्फत नेपालका विभिन्न जातजाति, भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताइएको छ । नेपाल हिमाल, पहाड र तराई गरी विविध भूगोल तथा संस्कृतिले भरिपूर्ण...
Read more

चेपाङ बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग

बाग्मती पुस ८, २०८२ रमेशकुमार पौडेल चितवन — पहाडी गाउँ कान्दाको कान्देश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरीका साथै न्यानो लुगा र खाजा सहयोग पाएका छन् । राप्ती नगरपालिका–१३ मा कान्दामा रहेको ८ कक्षासम्म संचालित उक्त विद्यालयमा चेपाङ समुदायका १६५ विद्यार्थी छन् । खैरहनीको फिटजोन पर्साले सहयोग सामग्री जुटाएर आइतबार कान्दामै गएर बालबालिकालाई उपलब्ध गरेको हो । कान्दामा लक्ष्मी...
Read more
1 … 67 68 69 70 71 72

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०