"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नारायणी पुलमा ठूला गाडी चलाउन रोक

Table of Content

काठमाण्डाै – ठूलाे बाढी आएपछि नारायणी नदी पुलमा गाडी सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुलमा गाडी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

आज दिउँसो केही समयका लागि पुलमा पूर्णरूपमा गाडी सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि ठूला गाडी पूर्ण रूपमा रोक लगाइएको उहाँले बताउनुभयो ।

सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्वीर, भिडियाे खिच्न रोक लगाइएको पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका गाडीलाई गैँडाकोटमा र नवलपुरतर्फ आउने गाडीलाई चितवनको नारायणघाटमा रोकिएको छ ।

नदीमा पानीको बहाव घटेपछि गाडी पूर्णरूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो ।

देवघाटमा रहेकाे जलमापन केन्द्रका अनुसार दिउँसो १ बजेर ५० मिनेटमा नारायणी नदीमा पानीको सतह ११ दशमलव ९१ मिटर पुगेको थियो । केन्द्रमा ७ दशमलव ३ मिटर पानीको सतहलाई चेतावनीको तह र ९ मिटरलाई खतराको तह मानिन्छ ।

नारायणीमा पानीको बहाव बढ्दै गएपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

77087fc2-afb4-4ecb-9fed-4c032f4e7d80 (1)

नारायणी नदीको नयाँ रेकर्ड, पानीको सतह ११ दशमलव ९१ पुग्यो

चितवन, असोज ११नारायणी नदीको पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ । लगातारको मुसलधारे वर्षाका...
1-1790511518

दक्षिण अफ्रिकामा केही घण्टाकाे अन्तरालमा दुई ठाउँमा गोलीकाण्ड, २७ जनाको ज्यान गयाे

दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली चल्दा कम्तीमा २७ जनाको ज्यान गएको छ...
WhatsApp Image 2026-09-27 at 4.32.02 PM

कांग्रेस चितवन १ “क” बाट प्रदेश प्रतिनिधिमा राजिब पाठकको उम्मेदवारी

चितवन । नेपाली कांग्रेस चितवन क्षेत्र नं. १ “क” बाट बागमती प्रदेश प्रतिनिधि (युवा तर्फ)...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०