भरतपुर । नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखाले रसुवा बाढीपीडितका लागि रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार) सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ।
उपशाखाले उक्त रकमको बैंक दाखिला भौचर सहित जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुखसमक्ष हस्तान्तरण तथा दाखिला गरेको हो।
राहत रकम दाखिला कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखाका सभापति विद्या कोइराला, सचिव चिन्तामणि गौतम, कोषाध्यक्ष शोभाखर अधिकारी लगायत तीर्थराज घिमिरे, रमा लौडारी, अम्बिका सापकोटा र पञ्चकला थापाको सहभागिता रहेको थियो।
रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उपशाखाले उक्त रकम प्रदान गरेको कोसाध्यक्ष शोभाखर अधिकारीले बताए।
