"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

त्रिपुरेश्वर बस आगलागीमा ज्यान गुमाएका चालकको सनाखत

Table of Content

काठमाण्डौ – त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ । 

रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा कीर्तिपुरको बर्न अस्पतालमा आज बिहान निधन भएको हो । 

ज्यान गुमाउनेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी दिलीप घिमिरे जानकारी दिनुभयो । 

मृतक चालक गएको वर्ष कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा संलग्न रही फरार रहेका प्रहरीले जनाएको छ । तामाङले सुनिल तामाङको नाममा जारी भएको गाडी चालक अनुमति पत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

तीन महिनाअघि काठमाण्डौको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दाबा तामाङको नाममा जारी भएको चालक अनुमति पत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । त्रिपुरेश्वर घटनामा पनि दाबा लामाको नाममा रहेको गाडी चालक अनुमति पत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा मृतक चाकलले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

795538798_1084246491191976_6976139146581023838_n

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

चितवन, असोज ६ – जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम...
WhatsApp-Image-2026-09-21-at-19.19.18-1

चिनी र नुनमा छुट दिँदै चितवनको साल्ट ट्रेडिङ, चिनी प्रतिकिलो १०० मै बिक्री

कृष्ण आचार्य, भरतपुर,असोज ६- चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दशैं, तिहार तथा छठ पर्वलाई...
WhatsApp-Image-2026-09-22-at-3.17.45-PM

नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा सम्पन्न

भरतपुर, असोज ६- नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा संस्थाको सभाहलमा सौहार्दपूर्ण वातावरणमा...
parliament_building_gOvNVOQMzR

त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ – त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा...
Bijuli-1783569931

लामबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाण्डौ – सर्लाहीको लामबन्दी नगरपालिका–१ नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लामबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०