"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एकैदिन टाटाका १५० गाडी ग्राहकलाई हस्तान्तरण

Table of Content

काठमाण्डाै – विश्वकर्मा पूजाका अवसरमा हिजाे एकैदिन नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ ।

विश्वकर्मा पूजालाई नयाँ गाडी खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा लिइन्छ । यही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ शोरुममार्फत ग्राहकलाई १५० टाटा गाडी हस्तान्तरण गरेकाे हो ।

डेलिभरी गरिएका गाडीहरूमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडलहरू नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड, कर्भ ईभी लगायतका विद्युतीय गाडीसँगै विभिन्न आईसी इन्जिनयुक्त मोडलहरू समेत रहेका छन् । यीमध्ये धेरैजसाे गाडीहरू यस वर्ष आयोजना भएका नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शोका क्रममा सार्वजनिक, लन्च तथा बुकिङ गरिएका गाडीहरू हुन् ।

एक्स्पो तथा अटो शोमा ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र बुकिङपछि प्रक्रिया पूरा भएका गाडीहरू विश्वकर्मा पूजाको अवसर पारेर ग्राहकलाई हस्तान्तरण गरिएको सिप्रदी ट्रेडिङले जनाएको छ ।

नेपालमा विद्युतीय गाडीप्रति ग्राहकको चासो बढ्दै गएको अवस्थामा टाटाका नयाँ पुस्ताका ईभी मोडलहरूको डेलिभरीले बजारमा थप उत्साह सिर्जना गरेको छ । विशेषगरी नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभी प्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको भनाइ छ ।

सिप्रदी ट्रेडिङले ग्राहकलाई आधुनिक प्रविधि, सुरक्षा, सुविधा र विभिन्न आवश्यकता अनुरूपका गाडी उपलब्ध गराउँदै आएको जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Seol-1788311297

बाढी प्रभावितलाई स्वदेश फर्काउन दूतावासहरूको सहजीकरण

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन...
1-1789716134

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ वटा शव निकालियो

काठमाण्डाै – गएकाे भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशूली–१...
Rs-50-new-note-1789707340

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।...
1-1789710010

एकैदिन टाटाका १५० गाडी ग्राहकलाई हस्तान्तरण

काठमाण्डाै – विश्वकर्मा पूजाका अवसरमा हिजाे एकैदिन नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
asian_game_run_fun_dwzo1XhMfu

एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित

जापानमा चलिरहेको २० औं एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष खेलमा नेपाल दक्षिण कोरियासँग ३–० ले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०