काठमाण्डाै – विश्वकर्मा पूजाका अवसरमा हिजाे एकैदिन नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ ।
विश्वकर्मा पूजालाई नयाँ गाडी खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा लिइन्छ । यही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ शोरुममार्फत ग्राहकलाई १५० टाटा गाडी हस्तान्तरण गरेकाे हो ।
डेलिभरी गरिएका गाडीहरूमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडलहरू नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड, कर्भ ईभी लगायतका विद्युतीय गाडीसँगै विभिन्न आईसी इन्जिनयुक्त मोडलहरू समेत रहेका छन् । यीमध्ये धेरैजसाे गाडीहरू यस वर्ष आयोजना भएका नाइमा नेपाल मोबिलिटी एक्स्पो तथा नाडा अटो शोका क्रममा सार्वजनिक, लन्च तथा बुकिङ गरिएका गाडीहरू हुन् ।
एक्स्पो तथा अटो शोमा ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र बुकिङपछि प्रक्रिया पूरा भएका गाडीहरू विश्वकर्मा पूजाको अवसर पारेर ग्राहकलाई हस्तान्तरण गरिएको सिप्रदी ट्रेडिङले जनाएको छ ।
नेपालमा विद्युतीय गाडीप्रति ग्राहकको चासो बढ्दै गएको अवस्थामा टाटाका नयाँ पुस्ताका ईभी मोडलहरूको डेलिभरीले बजारमा थप उत्साह सिर्जना गरेको छ । विशेषगरी नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड र कर्भ ईभी प्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीको भनाइ छ ।
सिप्रदी ट्रेडिङले ग्राहकलाई आधुनिक प्रविधि, सुरक्षा, सुविधा र विभिन्न आवश्यकता अनुरूपका गाडी उपलब्ध गराउँदै आएको जनाएको छ ।
