"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

Table of Content

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विस्तृत छलफल भएको छ । आधा घण्टाका लागि तय भएको भेटवार्ता झन्डै २ घण्टा चलेको थियो ।

प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो । भेटवार्ताको सहजीकरण सांसद एवम् व्यवसायी विदूषी राणाले गर्नुभएको थियो । छलफलका लागि व्यवसायी मीनबहादुर गुरुङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उहाँ उपस्थित हुन सक्नुभएन ।

‘कानून बाधक भए नयाँ ल्याउँछौँ, ढुक्क भएर लगानी गर्नुस्’

छलफलपछि नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो । भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्द्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनुभएको ढकालले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीले हाम्रा कुरा मज्जासँग सुन्नुभयो । हामी आधा घण्टालाई भनेर गएका थियौँ, दुई घण्टा बस्यौँ’, ढकालले भन्नुभयो, ‘यो भेट केवल औपचारिक गुनासो सुन्ने थलो मात्र रहेन, दुईतर्फी अन्तरक्रियात्मक शैलीमा कुराकानी भयो । उहाँले विषयवस्तुको गहिराइमा पुगेर आफैँ प्रश्नहरू सोध्नुभयो र समाधानको ठोस उपाय खोज्न चासो देखाउनुभयो ।’

ढकालका अनुसार प्रधानमन्त्री शाहले घरेलु पूँजीको परिचालन र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) दुवैलाई सँगसँगै अघि बढाउने आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । विशेषगरी पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, आन्तरिक रोजगारीका अवसर सिर्जना गर्ने र राज्यको राजस्वको दायरा फराकिलो बनाउने विषयमा प्रधानमन्त्रीको विशेष चासो थियो ।

‘दैनिक हजारौँको सङ्ख्यामा विदेश जान बाध्य भइरहेका युवाहरूलाई रोक्न यहीँ पर्याप्त अवसर र रोजगारी सिर्जना गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री अत्यन्त दृढ देखिनुभयो’, ढकालले भन्नुभयो, ‘उहाँले विद्यमान ऐन–कानून वा नीति–नियमले लगानीमा अवरोध पुर्‍याएको भए नयाँ कानून नै ल्याएर भए पनि लगानीमैत्री वातावरण बनाउन सरकार तयार रहेको सकारात्मक सन्देश दिनुभएको छ ।’

ढकालले थप्नुभयो, ‘हामीले मुख्यतया लगानीकर्ताको मनोबल र विश्वास बढाउनुपर्ने, सरकारी निकायहरूमा हुने प्रक्रियागत झन्झट हटाउनुपर्ने र परियोजना स्वीकृतिका लागि वर्षाैँ कुर्नुपर्ने अवस्था अन्त्य गरी समयमै निर्णय हुनुपर्ने माग राख्यौँ । प्रधानमन्त्रीले सरकारका तर्फबाट लगानीका लागि आवश्यक सबै प्रक्रियागत सहजीकरण गरिदिने बताउँदै निजी क्षेत्रलाई थप लगानी गर्न, नयाँ उद्योग खोल्न र विदेशी लगानीकर्तालाई समेत नेपाल भित्र्याउन आग्रह गर्नुभयो ।’

‘स्वदेशी पूँजी पहिलो प्राथमिकता, आरोप लाग्दैमा व्यवसायी नथुन्ने’

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद तथा व्यवसायी विदूषी राणाले प्रधानमन्त्रीसँगको छलफल अत्यन्त विस्तृत र समाधानमुखी भएको बताउनुभयो ।

‘समस्या त हामी सबैलाई थाहा छँदैछ, मुख्य कुरा यसको समाधान के हो भन्नेमै केन्द्रित रहेर कुरा भयो’, सांसद राणाले भन्नुभयो, ‘प्रधानमन्त्रीको स्पष्ट भनाइ के थियो भने – पहिले नेपालीहरूले नै नेपालमा लगानी गर्नुपर्छ । बाहिरबाट विदेशी लगानी ल्याउने भनेको त्यसपछिको कुरा हो । पहिला स्वदेशी उद्यमी, त्यसपछि गैरआवासीय नेपाली (एनआरएन) र अनि मात्र विदेशी लगानी भित्र्याउनुपर्छ ।’

छलफलमा व्यवसायीहरूले राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानूनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेका थिए । यस विषयमा प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नुभएको सांसद राणाले जानकारी दिनुभयो ।

व्यवसायीहरूलाई झ्याप्प समात्ने र थुन्ने गर्दा बजारमा नकारात्मक सन्देश गएको छ । यसमा प्रधानमन्त्रीले एकदम प्रस्ट भन्नुभएको छ- ‘देशद्रोह वा ठूलै बदमासी गरेको अवस्थामा बाहेक नीतिगत वा प्रणालीगत कमजोरीका कारण समस्या आएको हो भने व्यवसायीलाई थुन्ने होइन, बरु वित्तीय जरिवाना (पेनाल्टी) तिराएर काम गर्न दिनुपर्छ’, राणाले भन्नुभयो ।

पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित गर्न प्रधानमन्त्रीले आकर्षक प्रस्ताव अघि सार्नुभएको सांसद राणाले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले व्यवसायीहरूलाई भन्नुभएको छ – ‘कसैले डोल्पा, मुगु वा राराजस्ता विकट ठाउँमा गएर १ अर्ब रुपैयाँसम्म लगानी गरी उद्याेग वा होटल खोल्ने आँट गर्छ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्‍याउने सम्पूर्ण जिम्मा सरकारले लिन्छ ।’ यस प्रस्तावपछि व्यवसायीहरूले राज्यले आधारभूत पूर्वाधारको प्रत्याभूति गरे निजी क्षेत्र जस्तोसुकै दुर्गम क्षेत्रमा पनि लगानी खन्याउन तयार रहेको बताएका थिए ।

यसका साथै छलफलमा नेपाली विद्यार्थी र पूँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सिट सङ्ख्या बढाउनुपर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो । देशकाे अर्थतन्त्रमा ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिएर ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको  प्रधानमन्त्रीले व्यवसायीहरूलाई स्पष्ट पार्नुभयो ।

– न्युज एजेन्सी नेपाल

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen-shah-1786784298 (1)

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
First-aid-service-1789179650

आज विश्व प्राथमिक उपचार दिवस, नेपालमा पनि मनाइँदै

काठमाण्डौ – आज विश्व प्राथमिक उपचार दिवस । ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने मूल नाराका...
Gunlla-parba--3--1789182172

नेवार समुदायले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आज विधिपूर्वक समापन हुँदै

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित नेवार समुदायले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आज विधिपूर्वक पूजाआराधना र...
Brics-meeting-1789183673

१८ औं ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँदिल्लीमा शुरु हुँदै

युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका–चीन तनावका बीच १८ औं ब्रिक्स शिखर सम्मेलन आजदेखि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०