"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एएचजेड एसोसिएट्स नेपाल र डिएमएच फाउन्डेसन बंगलादेशको राहत

Table of Content

भरतपुर । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले एएचजेड एसोसिएट्स नेपाल र डा. मुस्तफा हाजेरा फाउन्डेसन (डिएमएच फाउन्डेसन) बंगलादेशले संयुक्तरूपमा राहत वितरण गरेका छन् ।

बाढीबाट सयौँ परिवार प्रभावित भई घर, खाद्यान्न तथा दैनिक जीवनयापनका आवश्यक सामग्रीमा क्षति पुगेपछि राहतको आवश्यकता बढिरहेका बेला संस्थाहरूले नुवाकोटको विदुर क्षेत्रमा पुगेर प्रभावित परिवारलाई खाद्यान्न तथा आधारभूत आवश्यकताका सामग्री वितरण गरेका हुन् ।

राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारीसमेत लिएको थियो ।

यस अभियानका लागि आवश्यक आर्थिक सहयोग डिएमएच फाउन्डेसन, बंगलादेशले उपलब्ध गराएको थियो भने राहत सामग्रीको व्यवस्थापन, वितरण तथा स्थानीयस्तरमा समन्वयको जिम्मेवारी एएचजेड एसोसिएट्स नेपालले गरेको थियो ।

राहत अभियानबारे प्रतिक्रिया दिँदै डिएमएच फाउन्डेसन, बंगलादेशका अध्यक्ष क्याप्टेन ए.के.एम. गोलाम कबिरियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए ।

फाउन्डेसनले आफ्ना संस्थापक तथा संरक्षक जाहिरुल इस्लाम तथा गोलाम मुर्तुजालगायतको मार्गदर्शन र सहयोगमा अभियान सञ्चालन गरिएको जनाएको छ ।

राहत अभियानको नेतृत्व एएचजेड एसोसिएट्स नेपालका कन्ट्री म्यानेजर सोबिन थापाले गरेका थिए । काठमाडौँस्थित मुख्य कार्यालयबाट परिचालित राहत टोलीमा सोबिन थापा, अर्चना यादव, सजल पोखरेल, रिषभ सिंह, प्रज्ञा मगर, दिवेश अधिकारी, अम्बिका गिरी, मेघा बज्राचार्य र योगेन्द्र साउद सहभागी थिए ।

टोलीले राहत सामग्री व्यवस्थापनदेखि प्रभावित परिवारको पहिचान, प्रत्यक्ष वितरण तथा स्थानीयस्तरमा आवश्यक समन्वयको काम गरेको थियो । कन्ट्री म्यानेजर सोबिन थापाले राहत अभियान सामग्री वितरणमा मात्र सीमित नभएको बताए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...
111111111111111111-1788241747 (1)

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब  आवश्यक

काठमाण्डौ – भोटेकोशी बाढीका कारण ६७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।...
Capture-4 (1)

चितवनको शिवनगर युवाले भजन गाएर बाढीपीडितलाई जुटाएको ८० हजार ८० प्रधानमन्त्री कोषमा जम्मा

चितवन, भदौ २६- भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सहयोग जुटाउन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०