"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ट्रम्पको आक्रामक आप्रवासन कदम : तथ्याङ्कले नै देखाउँछ यसको कठोरता

Table of Content

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध आप्रवासन नियन्त्रण र निर्वासनलाई प्रमुख प्राथमिकता बनाएका छन् । ‘अमेरिकी इतिहासकै सबैभन्दा ठुलो निर्वासन अभियान’ सञ्चालन गर्ने उनको प्रतिबद्धतासँगै आप्रवासीमाथि धरपकड, बढ्दो हिरासत, तीव्र निर्वासन र बल प्रयोगले पनि सीमा नागेको छ । अमेरिकी सरकारका तथ्याङ्क तथा विभिन्न स्वतन्त्र स्रोतका आधारमा गरेको विश्लेषणले ट्रम्प प्रशासनको आप्रवासन अभियान कति व्यापक बनेको छ भन्ने उजागर गर्दछ ।

ट्रम्प प्रशासनले पक्राउ अभियानमा मुख्यतः आपराधिक पृष्ठभूमि भएका आप्रवासीलाई लक्षित गरिएको दाबी गर्दै आएको छ । तर विभिन्न अनुसन्धानका अनुसार पक्राउ पर्ने अधिकांश व्यक्तिको आपराधिक अभियोगमा दोषी ठहर भएको रेकर्ड छैन ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी विभाग (डिएचएस)ले भने फरक तथ्याङ्क प्रस्तुत गरेको छ । उसका अनुसार आईसिईबाट पक्राउ परेका करिब ७० प्रतिशत व्यक्तिलाई अमेरिकामा अपराधमा दोषी ठहर गरिएको वा उनीहरूमाथि आपराधिक अभियोग लगाइएको छ । यस गणनामा अदालतमा विचाराधीन अभियोगसमेत समावेश छन् । आलोचकहरूले भने अभियोग लाग्नु र दोषी प्रमाणित हुनु फरक कुरा भएकाले यस्तो गणनाले पक्राउ पर्ने मानिसको वास्तविक आपराधिक पृष्ठभूमि बढाइचढाइ देखाउने बताएका छन् ।

ट्रम्प प्रशासनको अभियानमा आईसिई अर्थात् इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टको भूमिका झन् महत्वपूर्ण बनेको छ । अमेरिका–मेक्सिको सीमामा कडाइ बढेसँगै सीमामा हुने पक्राउ घटेका छन् भने देशभित्रै आप्रवासी खोजी तथा पक्राउ गर्ने काम ICE केन्द्रित भएको छ ।

गोली चलाउने घटना पनि बढ्दो

आप्रवासन कार्यान्वयनका क्रममा संघीय एजेन्टको बलप्रयोगप्रति पनि प्रश्न उठेको छ । सीएनएनका अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ड्युटीमा रहेका आईसिई र सिबिपि एजेन्टको गोली प्रहारबाट कम्तीमा २० जना मानिस प्रभावित भएका छन् ।

विशेषगरी सन् २०२६ को गर्मीयाममा भएका दुई गोलीकाण्डले राष्ट्रिय ध्यान खिचेका थिए । डिएचएसले ती घटनाको अनुसन्धान भइरहेको जनाएको छ । संघीय अधिकारीहरूले प्रारम्भिक प्रतिक्रियामा गोली चलाउनु परिस्थितिअनुसार जायज भएको बताएका छन् । तर आप्रवासी अधिकारवादी तथा केही स्थानीय नेताहरूले संघीय एजेन्टले अत्यधिक बल प्रयोग गरेको र यसले समुदायको सुरक्षामै जोखिम उत्पन्न गरेको जनाएका छन् ।

करिब १० लाख निर्वासन

डिएचएसका अनुसार ट्रम्प प्रशासनले हालसम्म ९ लाख ८५ हजार मानिसलाई अमेरिकाबाट निर्वासन गरिसकेको छ । यद्यपि यो संख्यामा आईसीई, सिबिपि र अन्य संघीय निकायको योगदान कति–कति छ भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

आईसीईको चालू आर्थिक वर्षको प्रारम्भिक तथ्याङ्कले पनि पछिल्ला वर्षको तुलनामा निर्वासनको गति उच्च रहेको देखाउँछ । अधिकारवादी समूह र बढी निर्वासनको पक्षमा रहेका केही समूह दुवैले सरकारसँग अझ विस्तृत तथ्याङ्क सार्वजनिक गर्न माग गरेका छन्, ताकि अभियानको वास्तविक प्रभाव स्वतन्त्र रूपमा मूल्यांकन गर्न सकियोस् ।

हिरासतमा झन्डै ६६ हजार

आप्रवासीमाथिको कारबाहीको अर्को ठुलो पक्ष हिरासत हो । जुलाई २०२६ सम्म आईसीई हिरासतमा करिब ६६ हजार मानिस थिए, जुन ट्रम्प दोस्रो कार्यकाल सुरु गर्दा रहेको संख्याभन्दा झन्डै ७० प्रतिशत बढी हो । सरकारले हिरासत क्षमतासमेत थप विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।

हिरासत बढेसँगै त्यहाँ हुने मृत्युको संख्या पनि चिन्ताको विषय बनेको छ । आईसीईका अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता कम्तीमा ५७ जनाको हिरासतमा मृत्यु भएको छ । तीमध्ये कम्तीमा १० जनाको मृत्यु आत्महत्याको आशंकामा भएको थियो । केही मृतकमा पहिलेदेखि स्वास्थ्य समस्या रहेको बताइएको छ ।

विभिन्न अनुसन्धानले केही घटनामा कमजोर स्वास्थ्य सेवा, पर्याप्त कर्मचारीको अभाव र बढ्दो हिरासत जनसङ्ख्याबिच सम्बन्ध देखाएका छन् । यता डिएचएसले भने हिरासतमा स्वास्थ्य सेवाको स्तर कमजोर रहेको आरोप अस्वीकार गर्दै आएको छ ।

मृत्युको दरबारे पनि सरकार र आलोचकबिच मतभेद छ । डिएचएसले हिरासतमा मृत्युको दरमा उल्लेख्य वृद्धि नभएको दाबी गरेको छ । तर सीएनएनको विश्लेषणले ट्रम्पको दोस्रो कार्यकालमा मासिक तथा वार्षिक मृत्यु दर बढेको देखाएको छ । ह्युमन राइट्स फ्रस्ट जस्ता संथाले गरेको विश्लेषणमा त दोस्रो कार्यकाल सुरु भएयता हिरासतमा मृत्यु दर दोब्बरभन्दा बढी भएको निष्कर्ष निकालिएका छन् ।

यसरी हेर्दा ट्रम्पको आप्रवासन अभियान केवल सीमामा कडाइ गर्ने नीतिमा सीमित छैन । देशभित्र व्यापक पक्राउ, बढ्दो हिरासत, तीव्र निर्वासन र बल प्रयोगका घटनाले अमेरिकी आप्रवासन नीतिलाई पहिलेभन्दा निकै आक्रामक बनाएको तथ्याङ्कले देखाउँछ । तर पक्राउ परेकामध्ये कति वास्तवमै गम्भीर अपराधमा दोषी छन्, हिरासतमा मृत्युको कारण के हो र निर्वासनको वास्तविक संख्या कति हो भन्ने विषयमा अझै पारदर्शी तथा विस्तृत सरकारी तथ्यांकको चाहिएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...
111111111111111111-1788241747 (1)

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब  आवश्यक

काठमाण्डौ – भोटेकोशी बाढीका कारण ६७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।...
Capture-4 (1)

चितवनको शिवनगर युवाले भजन गाएर बाढीपीडितलाई जुटाएको ८० हजार ८० प्रधानमन्त्री कोषमा जम्मा

चितवन, भदौ २६- भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सहयोग जुटाउन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०