"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम ः एक दशकमा १८ लाख परिवार लाभान्वित

Table of Content

काठमाण्डौ – सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट १९ लाख परिवार लाभान्वित भएका हुन् ।

सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने बृहत् राष्ट्रिय कार्यक्रमअन्तर्गत ३९ अर्ब ५८ करोड रुपैयाँ खर्च गरिएकामा आंशिक र पूर्ण गरी २३ लाख ८३ हजार १८४ जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डा. जितबहादुर चन्दले जानकारी दिनुभयो ।

दश वर्षका लागि तयार पारिएको परियोजनाका लागि एक खर्ब ३० अर्बको परियोजना तयारी गरिएकामा ५६ अर्ब ३५ करोड विनियोजन गरिएको अर्थात् प्रक्षेपित रकमको ४४ प्रतिशत मात्र रकम प्राप्त भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा शुरु भएको परियोजना २०८२÷८३ मा सम्पन्न गरिएको थियो ।

किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिइएको कार्यक्रममा पहिलोपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ ।

कार्यक्रममा खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलहन, तेलहन, गाईभैँसी, बाख्रा, बङ्गुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्द्धन बालीमा कफी, अलैँची, अदुवा, बेसार र मौरीखेतीलाई प्राथमिकतामा राखिएको हो ।

कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र दिगो बनाउने, प्रमुख बालीको उत्पादन र उत्पादकत्व बढाई किसानको आम्दानीमा सुधार गर्ने र देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यक्रम बहुपक्षीय सरोकारवालासँग समीक्षाका आधारमा निरन्तरता दिन तयारी गरिएको सूचना अधिकारी डा. चन्दले जानकारी दिनुभयो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

WhatsApp Image 2026-09-06 at 3.09.49 PM

पूर्णबहादुर मगर : सञ्चारबाट पहिचान बनाउँदै

राप्ती, चितवन । रेडियोको माइक्रोफोनदेखि स्थानीय सरकारको प्रेस संयोजनसम्म — एक दशकको यात्राले दिलाएको अन्तर्राष्ट्रिय...
1-1788679663

भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव भेटियो, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डाै – भोटेकोशी नदी हुँदै आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३४१ जनाको...
Indonesias-main-airport-1788673443

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित

इन्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै...
dna-collection-kathmandu_npl-(3)_YM7ephXzEQ_2fbH9V6LT0_nwoy5tyi32ae95rxpjtnkmn0qmhk1i329yedtdhnq7xncamscvuzvexqmwjx_SWYZrpo529_u8sqhialmceeecte7yev0ax1ytvhc50swrbe7spbfui3ymm4swuetfbwjv8e

बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको...
nepal-police_BumObgfmU9

क्यासिनोमा गाउँपालिका अध्यक्षदेखि इन्स्पेक्टरसम्म, नेपालीलाई जुवा खेलाएको आरोपमा ८ जना पक्राउ

क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइएको आरोपमा पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्षदेखि प्रहरी निरीक्षकसम्मलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०