"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

क्यासिनोमा गाउँपालिका अध्यक्षदेखि इन्स्पेक्टरसम्म, नेपालीलाई जुवा खेलाएको आरोपमा ८ जना पक्राउ

Table of Content

क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइएको आरोपमा पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्षदेखि प्रहरी निरीक्षकसम्मलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराई आफैं पुगेर क्यासिनोमा छापा मारेका हुन् ।

पर्सा प्रहरीका अनुसार पक्राउ पर्नेमा गाउँपालिका अध्यक्ष जसवन्त यादव, प्रहरी निरीक्षक प्रदीप पौडेल, वीरगञ्ज महानगरपालिका–११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा पक्राउ परेका हुन् । 

वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह पनि पक्राउ परेका  छन् । 

पौडेल इलाका प्रहरी कार्यालय पोखरीयाका इन्सपेक्टर हुन् । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो)मा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना आएको थियो । सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो ।

क्यासिनोमा भेटियो गाउँपालिकाको सरकारी स्कर्पियो

घटनालाई थप गम्भीर बनाउने अर्को तथ्य प्रहरीले क्यासिनो परिसरबाट बरामद गरेको गाउँपालिकाको सरकारी सवारीसाधन हो ।

प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाको ना १ झ १६८७ नम्बरको स्कर्पियो क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ ।

सरकारी प्रयोजनका लागि प्रयोग हुने गाउँपालिकाको सवारी क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले त्यसलाई समेत अनुसन्धानको दायरामा ल्याएको हो । घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष यादव क्यासिनोमा रहेको समयमा उक्त सरकारी गाडी त्यहाँ पुगेको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनालाई केवल क्यासिनोमा जुवा खेलिरहेको अवस्थाको नियन्त्रणका रूपमा मात्र सीमित नगरी थप प्रमाण संकलन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले क्यासिनोबाट हार्ड डिक्स, विभिन्न कागजात, कम्प्युटर तथा सीसीटीभीको डीभीआर बक्स नियन्त्रणमा लिएको जनाएको छ ।

क्यासिनोभित्र नेपाली नागरिकलाई कसरी प्रवेश गराइएको थियो, उनीहरूलाई कसले जुवा खेल्न सहजीकरण गरेको थियो र घटनामा पक्राउ परेका व्यक्तिहरूको भूमिका के थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीले नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउनु तथा जुवा खेलाउनु गैरकानूनी कार्य भएको भन्दै घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरी निरीक्षक आफैं क्यासिनो पुगेको प्रहरीको दाबी

यो घटनामा प्रहरी निरीक्षक प्रदीप पौडेलको पक्राउले पनि विषयलाई थप चर्चामा ल्याएको छ । एसपी भट्टराईले पौडेल पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार पौडेलले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरीबाट नगदसहित पुरस्कृत भएका थिए ।

प्रहरीका अनुसार शनिबार राति ड्युटी छाडेर पौडेल गाउँपालिका अध्यक्ष यादव र केही स्थानीय व्यवसायीसहित क्यासिनोमा पुगेका थिए ।

प्रहरीकै संरक्षणमा नेपाली नागरिकलाई निर्वाध रूपमा क्यासिनो प्रवेश गराई जुवा खेलाइएको सूचना पाएपछि एसपी भट्टराई आफैं घटनास्थलमा पुगेको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक पौडेल गत वर्ष असोजको अन्तिम साता प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागबाट वीरगञ्ज गएका थिए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

WhatsApp Image 2026-09-06 at 3.09.49 PM

पूर्णबहादुर मगर : सञ्चारबाट पहिचान बनाउँदै

राप्ती, चितवन । रेडियोको माइक्रोफोनदेखि स्थानीय सरकारको प्रेस संयोजनसम्म — एक दशकको यात्राले दिलाएको अन्तर्राष्ट्रिय...
1-1788679663

भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव भेटियो, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डाै – भोटेकोशी नदी हुँदै आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३४१ जनाको...
Indonesias-main-airport-1788673443

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित

इन्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै...
dna-collection-kathmandu_npl-(3)_YM7ephXzEQ_2fbH9V6LT0_nwoy5tyi32ae95rxpjtnkmn0qmhk1i329yedtdhnq7xncamscvuzvexqmwjx_SWYZrpo529_u8sqhialmceeecte7yev0ax1ytvhc50swrbe7spbfui3ymm4swuetfbwjv8e

बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको...
nepal-police_BumObgfmU9

क्यासिनोमा गाउँपालिका अध्यक्षदेखि इन्स्पेक्टरसम्म, नेपालीलाई जुवा खेलाएको आरोपमा ८ जना पक्राउ

क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइएको आरोपमा पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्षदेखि प्रहरी निरीक्षकसम्मलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०