चितवन । घलानचोक युवा समाजको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा ३८ जना पुरुष र १३ जना महिला रहेका छन्। कार्यक्रममा सहभागी भई अमूल्य रगत दान गर्ने सम्पूर्ण रक्तदातालाई घलानचोक युवा समाजले धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिद्धिलाल स्याङतानको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा महानुभावहरूप्रति पनि आयोजकले आभार व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने हासु एजुकेशनल कन्सल्टेन्सी प्रा.लि.लाई विशेष धन्यवाद दिइएको छ। त्यस्तै, प्राविधिक टोली तथा आवश्यक सामग्री सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरप्रति पनि आयोजकले आभार व्यक्त गरेको छ।
कार्यक्रमका लागि खाजा तयार गर्ने स्थान उपलब्ध गराइदिने अक्कल श्रेष्ठलाई समेत आयोजकले धन्यवाद दिएको छ। खाजा पकाउन खटिएका युवाहरू, कार्यसमिति पदाधिकारी तथा कार्यक्रमका लागि सल्लाहकारको भूमिका निर्वाह गर्ने बालकृष्ण लामा र फूलमान थिङप्रति पनि विशेष आभार व्यक्त गरिएको छ। घलानचोक युवा समाजले आगामी दिनमा पनि यस्तै सामाजिक तथा मानवीय कार्यमा सबैको साथ र सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
