"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चन्द्रबहादुर थापा मगर र एरिका गुरुङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाडी घोषित

Table of Content

काठमाण्डौ – बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हिजो काठमाण्डौमा आयोजना गरेको अवार्डको २३औँ संस्करणमा चन्द्रबहादुरलाई उत्कृष्ट पुरुष र एरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

एरिका लगातार तेस्रोपटक वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ आईबाको पुरुष विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्दै इतिहास रचेका चन्द्रबहादुर उत्कृष्ट पुरुष खेलाडी बनेका हुन् । उनी विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने पहिलो तथा अहिलेसम्मका एकमात्र नेपाली बक्सर हुन् ।

यस्तै, एरिकाले गएको वर्ष अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । करातेकी मनिषा कुमारी बोहरा उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भएकी छन् । यस्तै, एरिकाको अन्तर्राष्ट्रिय सफलतामा महत्वपूर्ण भूमिका खेलेका कराते प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

भलिबलकी मीना सुनारले पिपल्स च्वाइस अवार्ड जितेकी छन् । नेपाललाई पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेटको फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेकी सुष्मा तामाङलाई पारा एथलिट सम्मान प्रदान गरिएको छ ।

यसैगरी, कराते प्रशिक्षक ध्रुवविक्रम मल्ललाई स्पेसल अवार्ड तथा ब्याडमिन्टन खेलमा जीवन समर्पण गरेका कुमार मोहनबहादुर शाहीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।काठमाण्डौ – बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हिजो काठमाण्डौमा आयोजना गरेको अवार्डको २३औँ संस्करणमा चन्द्रबहादुरलाई उत्कृष्ट पुरुष र एरिकालाई उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

एरिका लगातार तेस्रोपटक वर्षकी उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ आईबाको पुरुष विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्दै इतिहास रचेका चन्द्रबहादुर उत्कृष्ट पुरुष खेलाडी बनेका हुन् । उनी विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने पहिलो तथा अहिलेसम्मका एकमात्र नेपाली बक्सर हुन् ।

यस्तै, एरिकाले गएको वर्ष अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । करातेकी मनिषा कुमारी बोहरा उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भएकी छन् । यस्तै, एरिकाको अन्तर्राष्ट्रिय सफलतामा महत्वपूर्ण भूमिका खेलेका कराते प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

भलिबलकी मीना सुनारले पिपल्स च्वाइस अवार्ड जितेकी छन् । नेपाललाई पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेटको फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेकी सुष्मा तामाङलाई पारा एथलिट सम्मान प्रदान गरिएको छ ।

यसैगरी, कराते प्रशिक्षक ध्रुवविक्रम मल्ललाई स्पेसल अवार्ड तथा ब्याडमिन्टन खेलमा जीवन समर्पण गरेका कुमार मोहनबहादुर शाहीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1788510532

त्रिशूली–३ ‘ए’ सुरुङबाट एउटा शव निकालियो

काठमाण्डाै – माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन् ।...
1-1788506296 (1)

नेपाल ‘ए’ क्रिकेट टोलीको लगातार दोस्रो हार

काठमाण्डाै – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले एकदिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको...
1-1788510099

प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षीबीच टेलिफोन वार्ता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता भएको छ ।...
mustanggg_OCFZXt04SZ

भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने

काठमाण्डौ – मुस्ताङमा आउँदो भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने...
tatopani-1788496946

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट हिजो तातोपानी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०