"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भोटेकोशी बाढी : अहिलेसम्म १,१२७ शव फेला

Table of Content

काठमाडौँ — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजे सम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ । रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्‍चिममा १९० र भारतमा ९ गरी १ हजार १ सय २७ जनाको शव फेला परेको हो । फेला परेकामध्ये १ हजार १ सय १३ को लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ ।

पहिचान नभएका ९ सय ११ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ५ सय ४१ जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ५८ जनाको खोजी कार्य भइरहेको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।   

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1788235338-ty4OR-1788241744

बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको आग्रह

काठमाण्डौ – बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह...
rain_final_ZzSd2peMFt

केही ठाउँमा पानी परिरहेकाले सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा मध्यमसम्मको वर्षा भैरहेको छ । गण्डकी...
Sureung-1788306148

जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाको उद्धारमा अझै समस्या

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युतगृहमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०