"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय

Table of Content

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय

खैरहनी, भदौ १४ ।
रोट्रयाक्ट क्लब अफ पूर्वीको अध्यक्षमा शिशिर सिग्देल चयन भएका छन् । पूर्वी चितवनको खैरहनीमा क्लबको सातौँ पदस्थापना समारोहबाट सिग्देललाई अध्यक्षको जिम्मेवारी दिइएको हो । निवर्तमान अध्यक्ष विजय उप्रेतीले सिग्देललाई नेतृत्व हस्तान्तरण गर्नुभएको हो। विपद्को समयमा फजुल खर्चभन्दा पीडितको आवश्यकतालाई प्राथमिकता दिने उद्देश्यले क्लबले पदस्थापना समारोहको खर्च कटौती गरी देशका विभिन्न भागका बाढी तथा पहिरो प्रभावितका लागि दुई चरणमा रु. ५० हजार राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ।

रोटरी क्लब अफ पूर्वी चितवनका निवर्तमान अध्यक्ष एवं प्रमुख अतिथि गुणराज अर्याल (महेश) ले नवनिर्वाचित अध्यक्ष सिग्देललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। सपथ लगत्तै अध्यक्ष सिग्देलले नयाँ कार्यसमितिका पदाधिकारीलाई शपथ गराएका हुन् । कार्यक्रममा संस्थापक अध्यक्ष पुजन लामिछानेले चार्टर्ड प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै नयाँ सदस्यहरूलाई स्वागत गरेका थिए ।

उपाध्यक्ष अनिस बरालको स्वागत, सह-सचिव सक्षम सढौलको धन्यवाद ज्ञापन, सर्जेन्ट एट आर्म्स जेनी श्रेष्ठको प्रतिवेदन र स्पर्शा नहर्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोट्रयाक्ट सहायक जिल्ला नेतृत्व प्रशिक्षक राजीव घिमिरे, भरतपुर हाइट्सका अध्यक्ष अंकित श्रेष्ठ, रोटरीका राममणि कँडेल लगायत पूर्व अध्यक्षहरूले नयाँ नेतृत्वलाई शुभकामना दिँदै राहत सहयोगको निर्णयको उच्च प्रशंसा गरे। नवनिर्वाचित अध्यक्ष सिग्देलले आफ्नो कार्यकालमा सामाजिक सेवा, युवा नेतृत्व विकास र समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-08-30 164352

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय खैरहनी, भदौ...
sandeep_lamichhane_09PbQBtLl0

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप...
788144974_1104905892033364_961674334563262913_n (1)

माडी जाने निकुञ्जभित्रको बाटो पिच गर्न सार्वजनिक सुनुवाई, २.८९ किमी दुरी कम हुने, कुल लागत ९० करोड

भरतपुर, भदौ १४- माडी र भरतपुरलाई जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पिच गर्ने विषयमा आज...
1-1788071834

राहत कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै च्याटजीपीटीलाई भाैचर बनाउन लगाएपछि…

काठमाण्डाै – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०