"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

गृहमन्त्री निकट संस्थालाई मात्रै राहत वितरण गर्न दिएको भन्दै आङ्देम्बेले उठाए प्रश्न

Table of Content

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि सङ्कलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्थालाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका छन् । पार्टीले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको बाढी पहिरो विपद् व्यवस्थापन सम्बन्धी बैठकमा आङदेम्बेले त्यस्तो बताएका हुन् । 

गृहमन्त्री गुरुङको संस्था ‘हामी नेपाल’ हो । यो संस्थालाई मात्रै राहत वितरणको अवसर दिएको भन्दै नेता आङ्देम्बेले शनिबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ताको क्रममा त्यसो गर्नु ठिक नभएको भनेको बताए ।

‘जति पनि राहतको सामग्री छ, त्यो राहत सामग्री सरकारले चिनेको वा सरकारमा बसेका कोही सदस्यको नजिकको संस्था (हामी नेपाल) ले मात्रै पाएको गुनासो छ, आङ्देम्बेले बैठकमा भने, ‘यदि त्यस्तो हो भने राहत पुग्नुपर्ने ठाउँमा छिटो नपुगेर भोलि मान्छे मरिसकेपछि राहत पुग्नुको कुनै अर्थ हुँदैन । स्थानीय निकाय, जिल्ला प्रशासन र राज्यले चिनेका संघ संस्थाहरूलाई राहत बाँड्न दिनुपर्छ ।’

उनले रसुवामा राहत सामग्री नपुगेको गुनासो आएको पनि बताए । नुवाकोटको विदुरमा राहत थुप्रिँदा भीषण बाढीबाट सर्वाधिक प्रभावित रसुवामा राहत नपुग्नु ठिक नभएको उनको भनाइ छ ।

आङ्देम्बेले कांग्रेस पनि विपद्को समयमा राजनीतिक प्रचारभन्दा विशुद्ध मानवीय सेवामा केन्द्रित हुनुपर्ने बताए । नेपाल तरुण दललगायत पार्टीका भ्रातृ संस्थालाई समेत पार्टीको झन्डा बोकेर राहत वितरण नगर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

उनले प्रधानमन्त्री बालेनसँग भोटेकोशी र त्रिशूलीमा बाढीमा पुल गएको भन्दै तत्कालका लागि तुइनको व्यवस्था गर्न आग्रह गरिएको पनि बताए । 

यस्तै, उनले अन्तर्राष्ट्रिय उद्धार टोलीहरूलाई उद्धार गर्न तत्काल अनुमति दिइयोस् भनेर प्रधानमन्त्री बालेनसँग माग गरिएको पनि बताए । 

उनले भने, नेपालको उद्धार टोलीबाट मात्रै सम्भव हुँदैन । सबैलाई त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ भनेको छु ।’

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-08-30 164352

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय खैरहनी, भदौ...
sandeep_lamichhane_09PbQBtLl0

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप...
788144974_1104905892033364_961674334563262913_n (1)

माडी जाने निकुञ्जभित्रको बाटो पिच गर्न सार्वजनिक सुनुवाई, २.८९ किमी दुरी कम हुने, कुल लागत ९० करोड

भरतपुर, भदौ १४- माडी र भरतपुरलाई जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पिच गर्ने विषयमा आज...
1-1788071834

राहत कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै च्याटजीपीटीलाई भाैचर बनाउन लगाएपछि…

काठमाण्डाै – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०