"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

Table of Content

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति गरेको छ । रसुवागढी नाकाका लगभग सबै संरचना ध्वस्त बनाउनुका साथै टिमुरे र स्याफ्रुबेँसी बस्ती बगाएको छ ।

नुवाकोटको बेत्रावती, त्रिशूलीबजार, देवघाट तथा बट्टार क्षेत्रमा पनि क्षति भएको छ । यस्तै विदुर नगरपालिकाका वडा नम्बर १, ४, ५, ६, ९ र १०, बेलकोटगढी नगरपालिकाका वडा नम्बर ५, ७ र ८ तथा तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ४ प्रभावित भएका छन् । आठवटा सरकारी कार्यालय पूर्ण रूपमा बगरमा परिणत गरेको छ भने एउटा विद्यालय भवन बगाएको छ ।

यस्तै धादिङको फुर्केखोला पुल बगाएपछि सदरमुकाम धादिङबेँसी पृथ्वी राजमार्ग तथा मुख्य शहरसँग सम्पर्कविच्छेद भएको छ । बाढीले धादिङको बैरेनी बजार, महेश दोभान, गलौदी, बिहानी पेट्रोल पम्प डुबानमा परेका छन् ।

बाढीले रसुवाको मितेरी पुलदेखि धादिङको मलेखुसम्मका दर्जनौँ सानाठूला पुल भत्काएको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन, ६० मेगावाटको माथिल्लो त्रिशूली– ३ ए, ४२.५ मेगावाटको सान्जेन, २४ मेगावाटको त्रिशूली, २२ मेगावाटको चिलिमेलगायत ४३१ मेगावाटका १२ विद्युत् आयोजना क्षतिग्रस्त भएका छन् ।

त्यस्तै, निर्माणाधीन ४७० मेगावाटका १५ आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ । बाढीले रसुवाको स्याफ्रुबेँसी, नौमुरे र टिमुरेमा रहेका विभिन्न नौवटा बैंकका शाखा कार्यालय पनि बगाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...
nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०