"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आमाको नागरिकतामा छोराको हस्ताक्षर

Table of Content

काठमाण्डौ — रुकुम पश्चिममा आमाको नागरिकता प्रतिलिपिमा छोराले हस्ताक्षर गरेको खबर अहिले चर्चामा छ । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले अस्ति बुधवार आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गर्ने अवसर पाउनुभएको हो ।

यो क्षणलाई उहाँले सामाजिक सञ्जालमा राखेपछि यसको चर्चा भैरहेको छ । सरकारी जिम्मेवारी सम्हालिरहेका उहाँले आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गरेर आमालाई बुझाउने अवसर पाउनुभयो । आमाको नागरिकतामा आफ्नै हातले हस्ताक्षर गर्न पाउँदा सहायक प्रमुख जिल्ला अधिकारी ओली खुशी र भावुक हुनुभयो ।

उहाँले त्यो क्षणको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै लेख्नुभएको छ, ‘सधैँ नमिल्ने एक खुशी : आफ्नै आमाको नागरिकतामा यो छोराको आफ्नै हातले साइन गर्दा हात काँप्यो, मन बहकायो । किनकि भारी खुशी र गर्व थियो ।’

उहाँले सामाजिक सञ्जालमा राख्नुभएको यो भिडियो यतिबेला निकै चर्चित भएको छ । सरकारी कर्मचारीको लागि यो ऐतिहासिक र विरलै मिल्ने अवसर भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उहाँलाई बधाई दिएका छन् ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की मोतिकला ओलीको नागरिकता केही समयअघि पानी परेर च्यातिएको थियो । नागरिकताको प्रतिलिपि लिन अस्ति बुधवार जिल्ला प्रशासन कार्यालय पुग्दा आफ्नै छोराले हस्ताक्षर गरेपछि आमा मोतिकला पनि खुशीले गदगद हुनुहुन्छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rastriya-sabha-1

गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ

५ भदौ, काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले...
bodhnarayan-shrestha-1787296353

संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको उजुरी

काठमाण्डाै – संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ ।...
nrb_SUlch7i9la

राष्ट्र बैंकको गभर्नर र सञ्चालकको योग्यतासम्बन्धी प्रावधान परिमार्जन गरिँदै

काठमाण्डाै – सङ्घीय संसद्को अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गभर्नर तथा सञ्चालकहरूको...
mastarni-1787283118

आजदेखि ‘मास्टर्नी’ प्रदर्शनमा

काठमाण्डाै —  अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा आएको छ। आयंका फिल्म्सको प्रस्तुतिमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०