"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चीनको चाङ ई–७ चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा

Table of Content

चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ प्रक्षेपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

चीनको म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) का अनुसार मिसनका लागि प्रयोग हुने चाङ’ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ वाहक रकेटलाई हिजो दक्षिण चीनको हेनान प्रान्तको वेनचाङ स्पेसक्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो अवस्थामा स्थानान्तरण गरिएको छ ।

चाङ’ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ रकेटलाई गएको अप्रिल र जुलाईमा प्रक्षेपण स्थलमा पु¥याइएको थियो । प्रक्षेपण स्थलका भौतिक पूर्वाधार तथा उपकरणहरू पनि सञ्चालनका लागि तयार अवस्थामा रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रक्षेपणअघि गरिने प्राविधिक जाँच, संयुक्त परीक्षण तथा इन्धन भर्ने लगायतका काम निर्धारित कार्यतालिकाअनुसार अघि बढाइने जनाइएको छ ।

चाङ’ई–७ मिसनको मुख्य उद्देश्य चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा उच्च सटीकताका साथ सफ्ट ल्यान्डिङ गर्ने तथा चन्द्र सतहमा हिँड्ने र उफ्रनेजस्ता अत्याधुनिक प्रविधिको परीक्षण गर्नु हो । मिसनले चन्द्रमाको स्थायी रूपमा छायामा रहने क्रेटरहरूको समेत विस्तृत अन्वेषण गर्नेछ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-bank-data-exposed-techpana-news_DM5J7Ps7ko

डार्क वेबमा भेटियो १६ वाणिज्य बैंकका कर्मचारी र सिस्टम एड्मिनसम्बन्धी करिब ६०० अकाउन्टको डेटा

काठमाडौं ।  के तपाईंको बैंक खाता साँच्चै सुरक्षित छ ? टेकपानाको अनुसन्धानले नेपालको बैंकिङ प्रणालीमा रहेको...
china-7-1787205398

चीनको चाङ ई–७ चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा

चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ प्रक्षेपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०