"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘सलह’ र ‘महायुग’ तीन ठूला पुरस्कारको सूचीमा

Table of Content

भरतपुर । नेपाली भाषाको साहित्यमा तीन ठूला पुरस्कारको बढी चर्चा हुने गरेको छ । मदन पुरस्कार गुठीद्वारा सञ्चालित ‘मदन पुरस्कार’, खेमलाल हरिकला लामिछाने समाजकल्याण परिषद्द्वारा सञ्चालित ‘पद्मश्री पुरस्कार’ र कविडाँडा साहित्य समाजद्वारा सञ्चालित ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ ठूला राशिका पुरस्कारमा पर्छन् ।

त्यसमा पनि सबैभन्दा पुरानो र चर्चामा भने मदन पुरस्कार नै पर्ने गर्दछ । नेपाली साहित्यका सबैजसो विधामा पुरस्कार प्रदान गर्दै आएको मदन पुरस्कारको इतिहास पनि अन्य पुरस्कारको भन्दा लामै छ । विसं २०१३ सालमा घोषणा भएर २०१४ सालबाट मदन पुरस्कार वितरण गर्न थालिएको थियो । त्यसयता निरन्तर हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

मदन पुरस्कार गुठीले मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार दिँदै आएको छ भने खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानले पद्मश्री पुरस्कार, पद्मश्री सम्मान र पद्मश्री गौरव प्रदान गर्दै आएको छ । कविडाँडा साहित्य समाजले भने नेपाली साहित्यको आख्यान विधालाई मात्रै कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्रदान गर्दैै आएको छ ।

मदनले दुवैलाई चार÷चार लाख, पद्मश्रीले तीनवटै शीर्षकमा तीन÷तीन लाख र कविडाँडाले एक शीर्षकमा दुई लाख राशिको पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारले सर्जकहरुमा एकप्रकारको उत्साह र ऊर्जा थपिदिएको छ । र, साहित्यको बजारलाई समेत थप चलायमान बनाउनमा सहयोग पु¥याउँदै आएको छ ।

दसैँ, तिहारको वरिपरिको समयमा वितरण गरिने यी तीनै पुरस्कारका लागि मदन पुरस्कारतर्फ उत्कृष्ट दस कृति सार्वजनिक भइसकेको छ । पद्मश्रीले भने उत्कृष्ट पाँच कृतिको सूची नै प्रकाशित गरिसकेको छ । यस्तै, कविडाँडा आख्यान पुरस्कारले पनि उत्कृष्ट आठ कृतिको सूची सार्वजनिक गरेको छ ।

यी सूचीमध्ये तीनै शीर्षकमा एक÷एक कृतिलाई पुरस्कृत गरिने छ । यी तीन पुरस्कारमध्ये मदनबाहेक अन्य दुईवटा पुरस्कार प्रदान गर्ने संस्था भने चितवनबाटै स्थापित भएका हुन् ।
२०८२ सालभित्र प्रकाशित भएका कृतिमध्ये कवि एवम् गीतकारको छवि बनाएका सर्जक श्रवण मुकारूङको उपन्यास ‘सलह’ र नारीप्रधान विषयवस्तुमा पकड राख्ने छवि बनाएकी सीमा आभासको उपन्यास ‘महायुग’ यी तीनवटै पुरस्कारको सूचीमा अटाएका छन् ।

केशवराज ज्ञवालीको ‘अज्ञात’ र केशव दाहालको ‘इथा’ उपन्यास मदन पुरस्कार र कविडाँडा आख्यान पुरस्कारको छनोटमा परेको छ । स्वास्थ्यकर्मी डा. नवराज केसीको संस्मरणात्मक कृति ‘स्वस्पर्श’ मदन र पद्मश्रीमा समेटिएको छ । पत्रकार क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’ भने पद्मश्री र कविडाँडा आख्यान पुरस्कारमा समेटिएको छ । यीबाहेक कवि नदीशको ‘हिउँद’ कवितासङ्ग्रह पनि मदन पुरस्कार र पद्मश्री दुवैमा समेटिएको छ ।

मदन पुरस्कार प्राप्त लेखक नीलम कार्की ‘निहारिका’को उपन्यास ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’ र शङ्करप्रसाद गैरेको ‘सूतपुत्र’ भने आख्यानलाई मात्रै पुरस्कृत गर्दै आएको कविडाँडाको सूचीमा समेटिएको छ ।

ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ऐतिहासिक कृति ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशी (राजभण्डारी)को सांस्कृतिक कृति नेवार समुदायका परम्परागत मुकुण्डो नाच’ र उमा सुवेदीको उपन्यास ‘परिधि’ भने मदन पुरस्कार गुठीको सूचीमा मात्रै परेको कृति हो ।

यी तीनै पुरस्कार संस्थाले एक वर्षभित्र प्रकाशित भएका कृतिहरुमध्ये चरणगत अध्ययन गरेर उत्कृष्ट एक/एक कृतिलाई पुरस्कार प्रदान गर्ने गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-bank-data-exposed-techpana-news_DM5J7Ps7ko

डार्क वेबमा भेटियो १६ वाणिज्य बैंकका कर्मचारी र सिस्टम एड्मिनसम्बन्धी करिब ६०० अकाउन्टको डेटा

काठमाडौं ।  के तपाईंको बैंक खाता साँच्चै सुरक्षित छ ? टेकपानाको अनुसन्धानले नेपालको बैंकिङ प्रणालीमा रहेको...
china-7-1787205398

चीनको चाङ ई–७ चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा

चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ प्रक्षेपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०