काठमाण्डौ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको गजुरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा काठमाण्डौ भित्रिने र बाहिरिने गाडीको लामो जाम लागेको छ । केही दिनअघि पनि यही ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
