"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कांग्रेस संस्थापन इतर समूहले राष्ट्रिय भेला गर्दै

Table of Content

काठमाण्डौ — नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाण्डौमा राष्ट्रिय भेलाको आयोजना गरेको छ ।

पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको आगामी राजनीतिक दिशाबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सुकेधाराको मिराकल पार्टी प्यालेसमा केहीबेरमा शुरु हुने भेलामा देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ । यो भेला कांग्रेसभित्र पछिल्लो समय देखिएको विभाजन, असहमति र नेतृत्वबीचको दूरीका बीच आयोजना हुन लागेकाले राजनीतिक रूपमा निकै चासोका साथ हेरिएको छ ।

विशेषगरी संस्थापन इतर समूहले पूर्वसभापति देउवालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले कांग्रेसभित्र संवाद, सहमति र पुनःएकताको सम्भावनाबारे पनि विभिन्न कोणबाट चर्चा शुरु भएको छ । देउवा लामो समयको स्वास्थ्य उपचारपछि हिजो मात्रै स्वदेश फर्कनु भएको हो । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

bagmati-pradesh-mukhyamantri-office_final_one_VEa022mdcV

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

काठमाण्डौ — बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश...
PM-Modi-1786771336

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ...
us-police_TuyCjfTbzQ

अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए

वासिङ्टन । अमेरिकाको मिसिगन राज्यमा दुई छुट्टाछुट्टै घरमा भएको गोलीबारीमा कम्तीमा ६ जनाको मृत्यु भएको...
sasmit-1781265588

सातै प्रदेश पुगेर सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

काठमाडौं, साउन ३० । शिक्षा मन्त्रालयले सातै प्रदेशमा शिक्षा सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ। शिक्षा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०