राप्ती । राप्तीकाे पहाडी क्षेत्रका बालबालिकालाई आवासीय सुविधा शिक्षा प्रदान गरेको हिमालयन लाइफ चितवनले विहीबार सामाजिक लेखा परीक्षण गरेको छ ।
राप्ती नगरपालिका वडा नं १० स्थित समिटार माविको प्रांगणमा सो संस्थाले आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परिक्षण गरिएको हो ।
संस्थाले राप्ती नगरपालिका वडा नं ११ को थाकलटार मावि, वडा नं १० को समिटार मावि र रत्ननगरको विभिन्न वडामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ ।
वडा नं ११ को थाकलटारमा ११० जनालाई आवसीय सुविधा सहितको शिक्षा, वडा नं १० को समिटार माविमा ७० जनालाई आवसीय सुविधा सहितको कक्षा सञ्चालन गरिरहेको छ । रत्ननगरमा आवश्यकता अनुसार घरदैलो शिक्षा कार्यक्रम सञ्चालन गरेको संस्थाका निर्देशक सुक रम्तेलले बनाए ।
कार्यक्रममा वडा नं १० की वडा सदस्य कमला सुनारले पहाडी क्षेत्रको वालवालिकाको शिक्षामा संस्थाको ठुलो भूमिका रहेको भन्दै संस्थाकै कार् विभिन्न कारण पढ्न नपाएकाहरुले पढ्ने अवसर पाएको उनले बताइन ।
वडा नं १० वडा सचिव टंकराज बस्नेतले वडा कार्यालयले छात्रावासको व्यवस्थापनको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा उनले वडाका जनताले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा राप्ती नगर प्रमुख शमशेर लामाका प्रेस संयोजक एवं पत्रकार पूर्ण बहादर मगरले नगरपालिकाले नियमित रुपमा शिक्षाको क्षेत्रमा काम गरिरहेको भन्दै त्यसमा दातृ निकायले सहजता प्रदान गरेको बताए । राप्तीको पहाडिे क्षेत्रमा रहेका विद्यार्थीहरुलाई आवास सहितको शिक्षा प्रदान गर्नको लागि तीनै तहका सरकारले लगानी समेत गरेको बताए । यसका अलवा हिमालयन लाइफ चितवन जस्ता अन्य दातृ निकायको सहयोग समेत पालिकामा रहेको उनले बताए ।
कार्यक्रममा वडा नं १० का वडा सदस्य कमला सुनार, शोभा चेपाङ, वडा नं ११ का सचिव लेखनाथ घलान, समाजसेवी शेर बहादुर मुक्तान लगायतका व्यक्तिहरुले मन्तवय व्यक्त गरेका थिए ।
राप्ती नगरपालिकाले उज्यालो शिक्षा सहित नि:शल्क शिक्षा कार्यक्रम नियमित रुपमा सञ्चालन गरिरहेको छ ।
