काठमाण्डौ — सुनको भाउ आज सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । सुन तोलामा २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ७०० रुपैयाँ थियो । यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो ।
महासंघका अनुसार चाँदीको भाउ आज २५ रुपैयाँले बढेको छ । चाँदी तोलको ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ६४५ रुपैयाँ थियो ।
