"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल, बजार अनुगमन तीव्र

Table of Content

काठमाण्डौ — काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यासको कोटा बढाउन माग गरेको जनाएको छ । यसअघि मासिक झण्डै ४९ हजार ५ सय मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढीमा ४५ हजार मेट्रिक टन मात्रै आयात हुने गरेको थियो । पछिल्लो समय बजारमा अभाव बढेपछि निगमले झण्डै ५५ हजार मेट्रिक टन ग्यास माग गरेको छ ।

यसैबीच देशभर ग्यासको अभाव बढेपछि सरकारले अनुगमन तीव्र पारेको छ । गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाण्डौका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई तत्काल कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।

बजारमा ग्यास अभावको मौका छोपेर कालोबजारी गर्नेहरूविरुद्ध देशका विभिन्न जिल्लामा कारबाहीसमेत शुरु भएको छ । बाँकेको नेपालगञ्जमा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनका क्रममा नेपालगञ्ज–११ मा रहेको शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको हो  ।

त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभाको खाँदबारीमा पनि तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन् । रसुवाको धुन्चे बजारमा पनि ग्यास लुकाएर बढी मूल्यमा बिक्री भइरहेको गुनासो आएपछि बजार अनुगमन गरिएको छ ।

धनकुटामा पनि ग्यासको अभाव बढेपछि प्रशासन र प्रहरीले डिलर तथा बिक्री केन्द्रमा छड्के अनुगमन शुरु गरेका छन् । बागलुङमा सडकबाट ग्यास वितरण गर्ने व्यवस्था हटाएर अब आधिकारिक डिलरमार्फत नै वितरण गर्ने निर्णय गरिएको छ ।

यसैबीच, पर्याप्त ग्यास आयात भइरहेको भन्दै ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चित नगर्न आग्रह गरेको छ । अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि बजारमा थप चाप परेको भन्दै संघले संयमित हुन आग्रह गरेको हो ।

सरकारले उपभोक्तालाई आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्रै ग्यास खरिद गर्न र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभावबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pashupati_saune_sombar_5_zV6OGZb482

साउनको अन्तिम सोमबार :  पशुपतिसहित देशभरका शिवालयमा दर्शनार्थीको ओइरो

साउनको अन्तिम सोमबार :  पशुपतिसहित देशभरका शिवालयमा दर्शनार्थीको ओइरो आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत...
aagakagu-rautahat-5

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको छ । स्थानीय दीपेन्द्रभक्त खरेलको काठको...
Harmuz_Wxisfz2Xax

आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी

इरानको इस्लामिक रिभोलुसनरी  गार्ड्सले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज फेरि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०