"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

२५० को सामान खरिद गर्नेलाई १० लाखको बम्पर उपहार

Table of Content

२२ साउन, काठमाडौं ।
रु. २५० को सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत रु. १० लाखको बम्पर उपहार जितेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट रु. २५० को सामान खरिद गर्ने उपभोक्ताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ ले बम्पर पुरस्कार जितेको हो। यस्तै, अन्य १५ जना उपभोक्ताले जनही रु. १ लाखका दरले उपहार जितेका छन्।

विभागले शुक्रबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताको नतिजा सार्वजनिक गरेको हो।

उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने तथा कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारले करदाता प्रोत्साहन उपहार योजना सञ्चालनमा ल्याएको हो।

चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको यो कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा १५ जना उपभोक्तालाई जनही रु. १ लाख र एक जनालाई रु. १० लाखको बम्पर पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। साउन महिनाको पहिलो १५ दिनका लागि गरिएको यो पहिलो पुरस्कार घोषणा हो।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nea-(13)-1742876966

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आइपिपी)बीच भएको सहमति कार्यान्वयन गर्दा नेपाल विद्युत् प्राधिकरणलाई...
myagdi-pahiro_cLBaM9iVey

पहिरो र बाढीको असर : कैयौँ राजमार्ग पूर्ण तथा एकतर्फी अवरुद्ध (सूची)

काठमाडौँ । नेपाल प्रहरीले शनिबार बिहान ८:३० बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी तथा पहिरोका कारण...
Rastriya_Manab_Adhikar_Aayog_kMNRIVqMR6

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानवअधिकार आयोगको निर्देशन

काठमाण्डौ — राष्ट्रिय मानवअधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०