"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अब कुनै पनि प्रकारको द्वन्द्व हुनु हुँदैन, सबै मिलेर बस्नुपर्छ : गृहमन्त्री गुरुङ

Table of Content

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अब कुनै पनि प्रकारको द्वन्द्व हुन नहुने र सबै मिलेर बस्नुपर्नेमा जोड दिनुभएको छ । 

धनुषामा हिन्दुवादी सङ्गठनलगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीसँग उहाँले सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व रहेको समेत बताउनुभएको छ । 

गृहमन्त्री गुरुङले देशको शान्ति सुरक्षा र एकतालाई मजबुत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको दोहोर्‍याउनुभयो । उहाँले पछिल्लो समय देखिएका विवादलाई संवादका माध्यमबाट समाधान गर्दै अघि बढ्न सरोकारवाला सबै पक्षलाई आग्रह समेत गर्नुभएको छ । 

गृहमन्त्री गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिबीच १३ बुँदे सहमति भएको छ । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा गएको आइतबार राति युवाहरूको समूहबीच भएको घटनापछि अशान्त बनेको तराई–मधेशको जनजीवन बिस्तारै लयमा फर्कन थालेको छ । 

सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघसंस्था, विभिन्न धर्मका गुरु र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि झण्डै एक हप्तापछि तनाव कम हुँदै गएको हो । सुनसरी, सिरहा, सप्तरी, धनुषा, पर्सालगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्‍याली र आपसी संवादले निरन्तरता पाएको छ । 

आज सुनसरी, सप्तरीलगायतका विभिन्न ठाउँमा सद्भाव र्‍याली निकाल्ने तयारी छ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा कर्फ्यु आदेश आज बेलुका ७ बजेसम्मका लागि खुकुलो बनाइएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pani-pump-1785759106

मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर

काठमाण्डौ – मधेश प्रदेशमा खानेपानीको संकट झन् भयावह बन्दै गएको र ६० प्रतिशतभन्दा बढी हाते...
Untitled-2-1785748445

चितवनमा अप्ठेरोमा परेकालाई घरमै ग्यास उपलब्ध गराइने

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय चितवनले अप्ठेरोमा परेकाहरूलाई खाना पकाउने ग्यास घरमै पुर्याइदिने भएको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०