"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रसुवा बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

Table of Content

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार सम्पन्न समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ जना नेपाली र १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गरेको हो ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने व्यवस्था छ ।

यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा तथा विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीमाथि दाबी पेस गर्न प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।

बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३/०८७ पनि स्वीकृत गरेको छ । मार्गचित्रले २०८७ सम्ममा नेपालका सबै समुदायलाई प्रकोपसम्बन्धी पूर्वसूचना उपलब्ध गराउने लक्ष्यसहित बहुप्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना २०८३/८४–२०९१/९२ र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ पनि स्वीकृत गरेको छ ।

बैठकले डडेल्धुराको आलिताल गाउँपालिका–१ का भोका गाउँ र माला गाउँका २४ घरधुरी तथा सोही गाउँपालिकाको वडा नम्बर २ स्थित बलौचा गाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिएको छ ।

त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही स्थानीय तहको फुदवाङ र गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गर्न स्वीकृति दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

रसुवा बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार सम्पन्न समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ जना नेपाली र १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना...

भक्तपुरमा होल्डिङ सेन्टर खाली गर्न आजसम्मको समयसीमा, जबर्जस्ती नहटाउन माग

काठमाण्डौ – भक्तपुर बोडेको होल्डिङ सेन्टरमा बसेका विस्थापित परिवारलाई आज दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न प्रहरीले माइकिङ गरेको छ । होल्डिङ सेन्टरमा थापाथलीबाट लगिएका १९ परिवारका ५९ जना बसिरहेका छन् । यसअघि अस्ति बुधवार जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि होल्डिङ सेन्टर खाली गर्न सूचना टाँसेको थियो । प्रशासनको सूचनापछि बोडे, खरिपाटी र इचंगुनारायणका विस्थापितले...

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा

काठमाण्डौ – नेपाल र भारतबीच काठमाण्डौ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा छ । सहमतिअनुसार काठमाण्डौ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने...

आफ्नी छोरीको बिहेमा लाखौं पाहुनालाई भोज खुवाएका अनन्त सिंह अब जेल जानुपर्ने

काठमाडौं । भारतको बिहारको मोकामाका विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह भव्य समारोहका बीच सम्पन्न भएको छ। नोभेम्बर २५ मा पटना जिल्लाको नदवाँस्थित पैतृक गाउँमा भएको विवाहमा लाखौँ मानिस सहभागी भएका थिए। राजनीतिक नेता, मन्त्री, सांसद, भोजपुरी तथा बलिउड कलाकार र गायकहरूको उपस्थितिले विवाह समारोह चर्चामा रह्यो। यही विवाहमा सहभागी हुन अनन्त सिंहलाई सर्वोच्च...

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

काठमाण्डौ – बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् ।  दशैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०