राप्ती, चितवन |
थारु कल्याणकारिणी सभा क्षेत्र नं. ६ को आयोजनामा राप्ती नगरपालिका–६ फुलौरिया गाउँस्थित थारु सङ्ग्रहालयको प्राङ्गणमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
पर्यावरण संरक्षण, सरसफाई प्रवर्द्धन तथा थारु समुदायको सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सङ्ग्रहालय परिसरको सरसफाई गर्नुका साथै विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।
कार्यक्रममा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ६ की सभापति राधा चौधरीसहित सभाका पदाधिकारी, राप्ती नगरपालिका–६ का वडा अध्यक्ष जल्लु चौधरी, स्थानीय बुद्धिजीवी तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले वातावरण संरक्षण र सांस्कृतिक सम्पदाको जगेर्ना सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
