"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बागमतीमा एमालेले दलको नेता नफेर्ने, जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने

Table of Content

चितवन । नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्री संसदीय दलका नेता नफेर्ने भएकाे छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहित शुक्रबार बेलुका बागमती प्रदेशका सीमित नेताहरुसँग छलफल गरी संसदीय दलका नेता नफेर्ने निर्णयमा पुगेका हुन् ।

संसदीय दलका नेता जगन्नाथ थपलियालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने  निर्णय भएकाे छ ।

बागमती प्रदेशका नेकपा एमालेका प्रमुख सचेतक एकलाल श्रेष्ठले विधि र पद्धति अनुसार नै मुख्यमन्त्री चयन हुने बताए । उनले शुक्रबारको छलफलमा आफू पनि सहभागी भएको जानकारी दिँदै भने, ‘पार्टी अध्यक्ष, महासचिवसहितको बैठकमा पार्टीको विधि पद्धति अनुसार नै मुख्यमन्त्री छनौट हुने निर्णय भएको हो ।’

सञ्चार माध्यममा पार्टी संसदीय दलको नेता परिवर्तन गरेरै भएपनि किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने भन्ने विषय चर्चामा आएको थियो । नेकपा एमालेमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परम्परा रहेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

WhatsApp Image 2026-08-01 at 1.00.36 PM

अन्ततः एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा जगन्नाथ थपलियामै सहमति

लामो आन्तरिक क’सरत, शक्ति परीक्षण र नेतृत्व विवादपछि एमालेले अन्ततः बागमती प्रदेश सरकारको नेतृत्व वर्तमान...
Jaganath-Thapaliya

बागमतीमा एमालेले दलको नेता नफेर्ने, जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने

चितवन । नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्री संसदीय दलका नेता नफेर्ने भएकाे छ । पार्टीका...
CIAA-office-Akhtiyar_aayog_fpUMRTyjH7

घुससहित भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका ५ जना पक्राउ

काठमाण्डौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय,...
Press-Council-Nepal__final_VpphsDc5yv

भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मिडियामाथि कारबारी प्रक्रिया शुरु

काठमाण्डौ — प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउन र भ्रामक सामग्री सम्प्रेषण...
pakrau-1785542350

साम्प्रदायिक तथा सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ

काठमाण्डौ — साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट ३६...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०