रत्ननगर, साउन १५ ।
पोखरा विश्वविद्यालयद्वारा सञ्चालित इन्जिनियरिङ सङ्कायको प्रवेश परीक्षामा रत्ननगरका विराज भुसालले देशभरिबाटै प्रथम स्थान हासिल गरेका छन्। बिहिबार प्रकाशित नतिजा अनुसार भुसालले उत्कृष्ट नतिजा ल्याउँदै ‘नेपाल टप’ गरेका हुन्।
माध्यमिक शिक्षा परीक्षा (एसईई) रत्ननगरको बुद्ध ज्योति स्कुलबाट उत्तीर्ण गरेका भुसालले कक्षा ११ र १२ को अध्ययन न्यु क्यापिटल कलेज रत्ननगरबाट बाट पूरा गरेका हुन्।
विराजको यस सफलतापछि न्यु क्यापिटल कलेज परिवारले खुसी व्यक्त गर्दै उनलाई बधाई तथा शुभकामना दिएको छ। कलेज प्रशासनले उनको कडा परिश्रम, लगनशीलता र दृढ सङ्कल्पका कारण नै यो ऐतिहासिक सफलता सम्भव भएको बताउँदै उज्ज्वल भविष्यको कामना गरेको छ।
