"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रधानमन्त्री शाहको भारत भ्रमण आजदेखि : भोलि समकक्षी मोदीसँग भेटवार्ता हुने

Table of Content

काठमाणडौ – प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।

उहाँ प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी देशको राजकीय भ्रमणमा जान लाग्नुभएको हो । प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारलगायत सहभागी छन् ।

प्रधानमन्त्रीसहितको टोली नेपाल वायुसेवा निगमको विमानबाट आज दिउँसो पौने २ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ । उहाँलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुहुनेछ ।

यो भ्रमणलाई नयाँदिल्लीले विशेष कूटनीतिक महत्व दिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि भेटवार्तासँगै प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री शाहले भोलि नै नयाँ दिल्लीको राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नुहुनेछ । प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यो भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

त्यसक्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) पनि आदानप्रदान गरिनेछन् ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी भोलि बेलुका नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुहुने कार्यक्रम छ ।     

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ७ गते चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ । साँझ ५ बजेपछि ९ बजेसम्म उक्त कन्सर्ट हुने । महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातीको साँस्कृतिक...

चितवनका सीडीओको स्टन्ट फ्लपः दुई महिनादेखि ‘राइनो क्रुज’ नारायणीमा बेवारिसे

चितवनः चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ बेवारिस बनेको छ। नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीका साथ सञ्चालनमा ल्याइएको क्रुज नदीको गैँडाकोटतर्फ दुई महिनादेखि भग्न र खिया लागेको अवस्थामा लडिराखेको छ। गत असोज ११ मा नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट ६० टनको क्रुज बगाएको थियो। बाढीको...

पिठुवा सिंचाईको ३२ औं साधारणसभा: नहर संरक्षणमा उपभोक्ता आफैँ सचेत हुनुपर्छ : उपप्रमुख पाठक

रत्ननगर। रत्ननगर–१६ स्थित पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाको ३२औँ साधारण सभा शनिवार सम्पन्न भएको छ। सभामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले सिँचाइ नहरको संरक्षणका लागि उपभोक्ता आफैँ सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। उपप्रमुख पाठकले सिंचाई नगरको छेउछाउबाट ढुंगा, गिट्टी निकाल्न सिफारिस दिने पनि पिठुवाबासी नै हुने र उत्खनन गरेर बिक्री गरी आम्दानी गर्ने पनि...

पाँच एमओयू तथा सम्झौतापत्र टुंगियो, चारवटामा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणमा नेपाल र भारतबीच हस्ताक्षर हुने पाँचवटा समझदारी (एमओयू) तथा सम्झौतापत्रको टुंगो लागेको छ । “प्रधानमन्त्रज्यूको भारत भ्रमणमा दुई देशबीच पूर्वाधार, शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा पाँचवटा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “अझै थप चारवटा एमओयू तथा सम्झौतापत्रमा छलफल चलिरहेको छ ।...

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

काठमाण्डौ – चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या पनि बढेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा धेरै देखिन्छ । तथ्याङ्कअनुसार पछिल्लो एक हप्ताको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट १ हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०