राप्ती, चितवन । राप्ती नगरपालिका–२, गड्यौलीस्थित आइरिस इङ्लिस बोर्डिङ स्कुलको ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष पनि विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिसहित सम्पन्न गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि मदन पुरी, विद्यालय व्यवस्थापन समिति ( बी.डी. ) का अध्यक्ष कृष्णप्रसाद नहर्की, अभिभावक शिक्षक संघ ( पी. टी.ए ) का अध्यक्ष कृष्णप्रसाद पाण्डे, विद्यालयका प्रधानाध्यापक दीपक सरु लगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकशिक्षिकाको उल्लेख्य उपस्थिति रहेको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, कविता वाचन, भाषण तथा नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयले अभिभावकहरूलाई सम्मान गर्नुका साथै विद्यालयका विभिन्न कर्मचारीहरूलाई समेत सम्मान गरेको थियो।
कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढीकरण तथा शैक्षिक गतिविधिमा सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।
