"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

Table of Content

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच बिहीबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । 

भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ । 

संसद्मा भइरहेका गतिविधि, विधेयकहरूको अवस्था र सदनलाई प्रभावकारी बनाउने विषयमा समेत उनीहरूबिच संवाद भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले संसदीय अभ्यासलाई थप बलियो बनाउन र लोकतान्त्रिक मूल्य मान्यताको संवर्द्धनमा संसद्को भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका हुन् । नियमित भेटघाटकै क्रममा भएको यस वार्तामा समसामयिक राजनीतिक विषयवस्तुमा समेत संक्षिप्त चर्चा भएको सचिवालयले बताएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1784953773_Bank-1200x560

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको दुईमहिने...
infANtino1_QE4goZSTHB

फिफाले भन्यो – ‘कसैले पनि फुटबल बेचिरहेको छैन’

काठमाण्डाै – निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै...
tu_tribhuvan_university_7JnLrHFvK3

मधेश प्रदेशका ११ केन्द्रमा त्रिविको एमबीएस परीक्षा स्थगित

काठमाण्डौ — त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ ।...
building-photos

सामाजिक सद्भाव कायम राख्न चितवन उवासंघको अपिल

चितवन । हालै देशका विभिन्न जिल्लाहरू, विशेष गरी तराई–मधेस क्षेत्रमा देखिएको तनावपूर्ण अवस्था, हिंसात्मक घटना...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०