"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

Table of Content

हेटौँडा ,साउन १० –

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् ।

प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ चित्लाङ निवासी आसमान गोपालीका रूपमा भएको छ ।

घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री स्वयं घटनास्थलमा पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।

घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर राजु बिष्ट पनि घटनास्थलमा परिचालित छन् ।

हेटौँडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष समेत घटनास्थलमा पुगेर मृतकका आफन्तसँग समन्वय र आवश्यक सहयोगमा जुटेकी छन् ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको वास्तविक कारण, फरार महिलाको संलग्नता तथा मृत्युको प्रकृतिबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ ।

घटनाबारे थप विवरण प्रहरीले सार्वजनिक गर्नेक्रम जारी रहेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1754631989_cdo-office-chitwan-1200x560-1

चितवनमा होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन, १५ दिनभित्र अनिवार्य दर्ता गर्न निर्देशन

चितवन, साउन १०- जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल ९छात्र–छात्राबास०लाई व्यवस्थित र सुरक्षित बनाउन...
Weather_Uo0ALI59GQ (2)

अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेशमा चर्को गर्मी हुन सक्ने

काठमाण्डाै – अहिले कोशी, बागमती र गण्डकी प्रदेशका १/२ ठाउँबाहेक अन्यत्र वर्षा भएको छैन । मनसुन...
Screenshot 2026-07-26 145014

नारायणी अस्पतालमा उपचाररत चिकित्सकमाथि आक्रमण, डा. प्रमोद राम आईसीयूमा

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका बीच...
photo-1_0c336eec

हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

हेटौँडा ,साउन १० – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य...
IMG_20260725_203913-977x720

छात्रावासलाई नियमन गर्न चितवन प्रशासनले चाल्यो कदम

भरतपुर । छात्रावास (होस्टल)हरुलाई नियमन गर्न जिल्ला प्रशासन कार्यालय चितवनले तदारूकता देखाएको छ । चितवन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०