"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

Table of Content

चितवन १० श्रावण २०८३

सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ। वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्। 

सौराहा, पटिहानी, जगत्पुर, मेघौलीलगायत प्रमुख पर्यटकीय क्षेत्रमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढेको व्यवसायीहरूले बताएका छन्। आन्तरिक पर्यटकसँगै चिनियाँ र भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा पनि बढेको उनीहरूको कथन छ। 

क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव महेश खनालका अनुसार वर्षायाममा सामान्यतया पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटकको हिस्सा करिब ३० प्रतिशत रहने गरे पनि यस वर्ष समग्र होटलको अकुपेन्सी करिब ५० प्रतिशत पुगेको छ। 

उनका अनुसार सातामा दुई दिन बिदा लागू भएपछि गत वर्षको यही अवधिको तुलनामा आन्तरिक पर्यटक करिब २५ प्रतिशतले बढेका छन्। विद्यालय तथा कलेजमा समेत बिदा परेकाले आन्तरिक पर्यटन थप चलायमान भएको उनले बताए। 

भारतीय पर्यटकको सङ्ख्या पनि बढ्दो क्रममा रहेको उनले जानकारी दिए। सडक पूर्वाधारका कारण अपेक्षाअनुसार पर्यटक भित्रिन नसकेको उल्लेख गर्दै आउन चाहेका केही आन्तरिक तथा विदेशी पर्यटक अन्य गन्तव्यतर्फ गएको उनको भनाइ छ । पोखरालगायत पहाडी गन्तव्यमा भारतीय पर्यटकको आगमन उल्लेख्य रहेको उनले बताए। 

केही वर्षअघिसम्म वर्षायाममा सौराहाका कतिपय होटल बन्द हुने अवस्था रहे पनि पछिल्ला वर्षमा होटल व्यवसाय विस्तार भएसँगै वर्षायामलाई लक्षित गरी बजार प्रवर्द्धनसमेत गर्न थालिएको छ। 

क्षेत्रीय होटल सङ्घ चितवनका पूर्वअध्यक्ष तथा होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेले सातामा दुई दिनको बिदाले पर्यटन क्षेत्र प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए। उनका अनुसार दुई दिनमध्ये एक दिन पर्यटकको चाप कम भए पनि अर्को दिन उल्लेख्य वृद्धि हुने गरेको छ। 

केही दिनअघि भारतको कोलकाता भ्रमणका क्रममा त्यहाँका पर्यटन व्यवसायीले नेपाललाई यस वर्ष आकर्षक गन्तव्यका रूपमा लिन थालेको जानकारी दिएका उनले बताए। भारतीय सरकारले विदेशी मुद्रा सञ्चिति बढाउने नीति अवलम्बन गरेको, मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्य गन्तव्यप्रति आकर्षण घटेको तथा थाइल्यान्डले भिसा प्रक्रियामा कडाइ गरेकाले भारतीय पर्यटकले नेपाल रोज्न थालेका उनको विश्लेषण छ। यसको प्रभाव सौराहामा पनि परेको उनले बताए । सडकलगायत भौतिक पूर्वाधार भएमा अझ धेरै पर्यटक आकर्षित हुने उनको ठम्याइ छ। 

क्षेत्रीय होटल सङ्घ चितवनका पूर्वअध्यक्ष दीपक भट्टराईले पनि दुईदिने बिदाका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष पर्यटक बढेका बताए। दुई दिन बिदा हुँदा आन्तरिक पर्यटकको आगमन बढेको उनको अनुभव छ। 

दुईदिने सार्वजनिक बिदाको प्रभाव जिल्लाका अन्य पर्यटकीय गन्तव्यमा पनि परेको छ। पटिहानीस्थित होटल जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले गत वर्षको तुलनामा यस वर्ष पर्यटक बढेका र त्यसको प्रमुख कारण दुईदिने बिदा भएको बता।

सौराहामा हाल १४१ होटल सञ्चालनमा छन्। पश्चिम चितवनका पटिहानी, जगतपुर र मेघौलीमा पनि सुविधासम्पन्न होटल छन्। यिनको दैनिक १० हजार पर्यटकलाई सेवा गर्नसक्ने क्षमता छ। 

चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न जीप सफारी, हात्ती सफारी, डुङ्गा सयर गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्। 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-07-26 145014

नारायणी अस्पतालमा उपचाररत चिकित्सकमाथि आक्रमण, डा. प्रमोद राम आईसीयूमा

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका बीच...
photo-1_0c336eec

हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

हेटौँडा ,साउन १० – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य...
IMG_20260725_203913-977x720

छात्रावासलाई नियमन गर्न चितवन प्रशासनले चाल्यो कदम

भरतपुर । छात्रावास (होस्टल)हरुलाई नियमन गर्न जिल्ला प्रशासन कार्यालय चितवनले तदारूकता देखाएको छ । चितवन...
donald-trump-1783393778

इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०