काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका नागरिकले यस पटक दिएको जनमतअनुसार परिवर्तन महसुस गराउन नसके आउँदो चुनावमा भोट माग्न नजाने घोषणा गर्नुभएको छ ।
छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेशी नागरिकको आशा र विश्वासलाई निराशामा बदल्न नदिने बताउनुभएको हो ।
उहाँले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका लागि नभई मधेसी नागरिकको मुहारमा खुशी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको जिकिर गर्नुभयो ।
सभापति लामिछानेले अहिले सरकार र आफ्ना पार्टीबीच कुनै मतभेद नरहेको पनि उहाँले दाबी गर्नुभयो ।
