"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भाइटीकाको दिन हिजो २ हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

Table of Content

काठमाण्डौ – सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन हिजो काठमाण्डौ उपत्यकामा निःशुल्क रूपमा सञ्चालन गरेको बस सेवाबाट २ हजार ४८६ जनाले यात्रा गरेका छन् ।

भाइटीकाका दिन सार्वजनिक यातायात न्यून चल्ने भएकाले यात्रुको आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले रिङरोड (चक्रपथ) र भक्तपुर गरी दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्रको बस सेवा हिजो बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।

काठमाण्डौको चक्रपथमा सञ्चालित बसले एक हजार ७६६ र भक्तपुरसम्म चलेको बसले ७२० जनालाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

महँगी र आवास सङ्कटविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल

म्याड्रिड । बढ्दो महँगी, घरभाडा र आवास सङ्कटको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक भएको आमहडतालका क्रममा राजधानी म्याड्रिड र बार्सिलोनामा व्यापक प्रदर्शन भएको छ । देशका प्रमुख मजदुर सङ्गठनहरूको आह्वानमा भएको प्रदर्शनमा एक लाख ७० हजारभन्दा बढी मानिस सहभागी भएको बताइएको छ । प्रदर्शनमा म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी...

बिर्सने रोग ‘डिमेन्सिया’ पहिचानका लागि बेलायतमा एआई परियोजना

बिर्सने रोग ‘डिमेन्सिया’ रोकथाम र पहिचानका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् (एआई) र तथ्याङ्क प्रणाली विकास गर्न बेलायतमा दुई करोड पाउन्ड खर्च गरेर अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । एक्सिटर विश्वविद्यालयको नेतृत्वमा रहने ‘ब्रेनिआक हब’ लाई बेलायतको एउटा अनुसन्धान संस्था र नेश्नल हेल्थ सर्भिस ‘एनएचएस’का साझेदारहरूले एक/एक करोड पाउन्ड अनुदान दिने घोषणा गरेका हुन् ।...

मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको ज्यान गयो, ५ जना घाइते

काठमाण्डौ- मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । पाँच जना घाइते भएका सशस्त्र प्रहरी बलले जनाएको छ । काठमाण्डौबाट सर्लाहीका लागि छुटेको माइक्रोबस चिसापानी गढीमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  माइक्रोबसमा रहेका १५ जनामध्ये...

सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

सुनसर,,कात्तिक २६- सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा बुधबार साँझ मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको...

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

काठमाडौँ,कात्तिक २६- मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०