"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?: कांग्रेस महामन्त्री पौडेल

Table of Content

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्न लागिएको भन्ने चर्चाबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको विषयमा प्रश्न उठाएका हुन्।

उनले उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा जवाफ दिनुपर्ने बताएका छन्।

प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्ने भन्दै उनले अनुसन्धानको महत्त्वपूर्ण डिजिटल प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो भन्ने प्रश्न गरेका छन्।

‘विधिको शासन भएको भए यतिबेला अनुसन्धानको कठघरामा हुनुपर्ने व्यक्ति हुन्—प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेन। प्रश्न गम्भीर छन्। फरेन्सिक परीक्षण हुनुअघि इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा किन राखियो? त्यो अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा उठेका प्रश्नहरूको जवाफ कसले दिने?,’ उनले लेखेका छन्।

उनले इनम सापकोटा र प्रधानमन्त्री तथा उनको सचिवालयबीचको सम्बन्धबारे पनि अनुसन्धान हुनुपर्ने बताएका छन्।

पौडेलले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्ने कार्यसँग सम्बन्धित कानुनी व्यवस्थाको स्मरण गराएका छन्।

‘निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?’ उनले प्रश्न गरेका छन्।

आफूमाथि उठेका प्रश्नबाट ध्यान मोड्न गिरफ्तारीको हल्ला चलाएर राजनीतिक आक्रमण गरिएको उनको आरोप छ। उनले निष्पक्ष अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

‘गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन। सत्ताको आडले सत्य लुक्दैन। हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नहरूको जवाफ देऊ,’ पौडेलले लेखेका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?: कांग्रेस महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्न लागिएको भन्ने चर्चाबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको विषयमा प्रश्न उठाएका हुन्। उनले उक्त...

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७०० मेगावाट पुग्ने, कसरी व्यवस्थापन गर्दैछ प्राधिकरण ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका बेला आज साँझ विद्युत्को अधिकतम माग (पिक डिमान्ड) करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। लक्ष्मीपूजामा मुलुकभर सबैभन्दा बढी विद्युत्को माग हुने गरेको छ। उक्त मागअनुसार विद्युत् लोड व्यवस्थापन गरी उपभोक्तालाई भरपर्दो र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणले विशेष तयारी गरेको छ। प्राधिकरणले उक्त माग...

दरबारमार्गको लाउन्ज बारमा लागेको आगो चार घण्टापछि निभाइयो

काठमाण्डौ- काठमाण्डौको दरबारमार्गमा रहेको लिक्विड लाउन्ज बारमा आज बिहान लागेको आगो झण्डै ४ घण्टापछि निभाइएको छ । महेन्द्र शालिक नजिकै रहेको लाउन्ज बारमा बिहान पौने ९ बजेतिर आगलागी भएको हो । आगलागीको सूचना पाएपछि शुरुमा दुईवटा दमकल परिचालन गरिए पनि पछि दमकलको सङ्ख्या बढाएर पाँच पुर्‍याइएको थियो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा...

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३ स्वीकृत

काठमाण्डाै –  सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले सरकारी पूर्वाधार निर्माणदेखि उद्योग, कलकारखाना, परामर्श, सूचना प्रविधि तथा अन्य सार्वजनिक खरिदमा आबद्ध श्रमिकको उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्दै बिचौलियाबाट हुने ठगी, श्रम शोषण र दुर्घटनामा...

काठमाण्डौ महानगरले प्लास्टिकका ३३६ थान माला र १४० पुष्पगुच्छा जफत गर्‍याे

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले प्लास्टिकजन्य ३३६ थान माला र १४० पुष्पगुच्छा जफत गरेको छ । महानगर प्रहरी बलले यसअघि बिक्रीमा रोक लगाएको सूचना विपरित कारोबार गर्ने व्यापारीबाट प्लास्टिकजन्य ३३६ वटा माला र १४० पुष्पगुच्छा जफत गरेको हो । महानगर प्रहरी बलकाअनुसार चाबहिल, मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क र धुम्बाराहीलगायत क्षेत्रबाट ती प्लास्टिकजन्य माला...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०