"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

यातायातकर्मीसँग माइती नेपाल : महिला बेचबिखन न्यूनीकरणमा सहयोग गर्न आग्रह

Table of Content

भरतपुर । माइती नेपाल चितवनले सवारी चालकहरुसँग अन्तर्क्रियागरेको छ । महिला तथा बालबालिकाहरुलाई सुरक्षित यात्रा र सुरक्षित जीवनका लागि सडक सुरक्षा पनि अपरिहार्य छ ।
भरतपुरका चल्ने सार्वजनिक सवारी चालकहरुसँग मानव बेचबिखन, ओसारपसार तथा बाल यौन शोषण नियन्त्रणका लागि अन्तर्क्रिया गरिएको हो ।

माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले यात्राका क्रममा सवारी चालकहरुले पनि शङ्कास्पद गतिविधि भएको महसुस गरेमा सम्बन्धित निकायमा सम्पर्क गरेमा बेचबिखन, ओसारपसार तथा बाल यौन शोषण न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

‘चिल्ला सडक हुँदैमा सडक सुरक्षा हुँदैन, सडक सुरक्षा हुनका लागि हरेक महिला र बालबालिकाले सुरक्षित यात्रा गर्न पाउनुपर्छ’, उनले भने, ‘यातायातको क्षेत्रमा काम गर्ने साथीहरुले यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनुमात्रै जिम्मेवारी होइन, हरेक नागरिकको सुरक्षामाथि पनि ख्याल गर्नुपर्छ ।’

यात्रुको रुपमा सवारीसाधन प्रयोग गर्नेहरुले फरक खालको सङ्केत गरेमा प्रहरीसम्म खबर पुर्‍याउने काम गर्न सके समाजमा हुँदै आएको मानव बेचबिखन तथा ओसारपसारजस्ता नकारात्मक गतिविधि कम गराउन सकिने गिरीले बताए । सामाजिक सञ्जालको गलत प्रयोगका कारण सवारी चालक र यात्रु दुवै विभिन्न खालको जोखिममा पर्ने गरेको हुँदा सामाजिक सञ्जाललाई पनि कसरी चलाउने भन्ने विषयमा सचेत हुनुपर्ने उनको भनाइ छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन चितवनका अध्यक्ष दीपककुमार सिलवालले सवारी चालकहरुसँग अपरिचित महिलाहरुले पनि सम्पर्क बढाउने प्रयास गर्ने घटनाहरु हुँदै आएको हुँदा त्यस्तो अवस्थामा आफैँ सचेत हुन आवश्यक रहेको बताए । क्षणभरको रहरले कतिले अनाहकमा जीवन बर्बाद पारेको हुँदा बदलिँदो समाजका चालकहरुले आफूलाई पनि सुरक्षित र संयमित बनाउन सक्नुपर्ने उनले बताए ।

राज्यले पनि कानुनलाई पूर्णतया कार्यान्वयन नगरेको हुँदा समाजमा विकृतिजन्य घटना हुने क्रम नरोकिएको उनले बताए । कानुनअनुसार गलत गर्नेलाई दण्ड सजायको व्यवस्थालाई कार्यान्वयन गर्ने हो भने कुनै पनि महिला या पुरूष पीडित र पीडक बन्नै नपर्ने उनको बुझाइ छ ।

सवारी चालक दलबहादुर शाहीले महिलाका लागि कानुन बलियो बन्दा पनि आपराधिक घटना भइरहनुले पूर्णरुपमा कानुन कार्यान्वयन भएको छ कि छैन भन्ने प्रस्ट पारेको बताए । कतिपय अवस्थामा महिलाले बोलिदिएकै भरमा सवारी चालक (पुरूष)हरु फन्दामा परेको पनि उनले सुनाए ।

‘अञ्जान महिलाले एक बचन मीठो बोलेकै भरमा मक्ख पर्दा कारागारसम्म पुगेको घटना ताजै छ’, उनले भने, ‘त्यसकारण एक जना अपरिचित व्यक्तिले विभिन्न खालको प्रलोभन देखाएकै भरमा घरपरिवार, आफन्त, इष्टमित्र बिर्सने काम कसैले पनि गर्न हुँदैन ।’

माइती नेपालले मानव बेचबिखन तथा ओसारपसारसँगै यौन हिंसामा परेका व्यक्तिहरुको उद्धार र व्यवस्थापनका लागि लामो समयदेखि काम गर्दै आएको छ । त्यसका लागि सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान गरी अन्तर्क्रिया, सचेतना तथा अभिमुखीकरणजस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Red and Black Modern Breaking News Instagram Post - 2026-07-23T152009.058

चितवन प्रशासनद्वारा राष्ट्रिय परिचयपत्र सेवाको समय विस्तार, बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा

चितवन प्रशासनद्वारा राष्ट्रिय परिचयपत्र सेवाको समय विस्तार, बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा चितवन,...
Health-seva_bagmati-gaupalika-2

मकवानपुरको बागमतीमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालन

हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा १५ शय्याको सहिद स्मृति आधारभूत अस्पताल सञ्चालनमा आएको छ...
gapa-manahari

मनहरी–२ मा जीविकोपार्जन र रोजगारीका अवसर तथा चुनौतीबारे छलफल

हेटाैँडा । शान्तिका लागि साझा अभियान (कोक्याप) ले मनहरी गाउँपालिका–२ मा स्थानीय सरकारको नीति, योजना...
IMG_1283-1280x720 (1)

यातायातकर्मीसँग माइती नेपाल : महिला बेचबिखन न्यूनीकरणमा सहयोग गर्न आग्रह

भरतपुर । माइती नेपाल चितवनले सवारी चालकहरुसँग अन्तर्क्रियागरेको छ । महिला तथा बालबालिकाहरुलाई सुरक्षित यात्रा...
Drone-1784780365

अमेरिकी सिआइए केन्द्रमा भएको इरानी आक्रमणमा रुसले सहयोग गरेको आशङ्का

काठमाण्डौ – मध्यपूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सिआइए) का गोप्य केन्द्रहरूमा इरानले गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०