"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘पेपर लिक’ प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

Table of Content

काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणमा संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट–ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन्।

योग्यता तथा प्रवेश परीक्षामा भएको प्रश्नपत्र चुहावटको विरोधमा ‘कक्रोज जनता पार्टी’ (सीजेपी) ले शिक्षा सुधारको माग गर्दै आन्दोलन सुरु गरेपछि प्रधानमन्त्री मोदीले बिहीबार  फेसबुकमार्फत् प्रतिक्रिया जनाएका हुन्। ‘हाम्रा युवाको कल्याण र भविष्यभन्दा महत्त्वपूर्ण अरू केही हुन सक्दैन,’ मोदीले लेखेका छन्।

उनले प्रश्नपत्र चुहावटमा संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट–ट्र्याक अदालत स्थापना गर्ने निर्णय गरिएको जनाउँदै सम्बन्धित निकाय र अधिकारीहरूलाई आवश्यक सबै प्रक्रिया अघि बढाउन निर्देशन दिइएको बताएका छन्। ‘विद्यार्थीहरूको हित संरक्षणका लागि सरकारले चाल्दै आएको कदमकै निरन्तरताका रूपमा यो निर्णय गरिएको हो,’ उनले भनेका छन्।

युवाको भविष्यमा खेलबाड गर्नेलाई कुनै पनि हालतमा नछाडिने चेतावनी दिँदै मोदीले भनेका छन्, ‘हाम्रा युवाको भविष्यमा आघात पुर्‍याउने जोसुकैलाई पनि उन्मुक्ति दिइने छैन।’

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen_shah_23nRbIoxh8

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि : प्रधानमन्त्री शाह

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनुभएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०